परिक्षा सकेर गाउँ गएको थिएँ। मलाई त्यो काठमाण्डौको कोलाहल खासै मन पर्दैन थियो र अहिले नि खासै मन पर्दैन पनि।छुट्टी मिल्यो कि गाउँनै जान्थे।पुर्वी नेपाल धनकुटाको हिले।प्राय बार्है काल कुहीरो,घाम र पानीले लुकामारी खेली रहने नेपालको विकासोन्मुख पर्यटकिय ठाँउ।नेपालको दार्जीलिङको सङ्ज्ञा पाएको ठाउँ।हिलेबाट आधा घण्टाको फरकमा मामाघर अनि बाटोमा कृषी प्राबिधीक बिधालय।त्यहाँ डाँडामा एउटा घर थियो।ममी भन्नु हुन्थ्यो उ त्यहाँ राजा सवारी हुन्छ अनि आउँदा बस्ने घर त्यहि हो।म पनि सधै त्यो बाटो हिड्दा त्यो सुन्दर घर नियालेर हेर्थे राजा भने पछि घरको पुजा कोठामा फोटो हुन्थियो।सोज्थे भगवान हुन्।
काठमाण्डौको सामाखुसी बस्थे।हिड्ने बाटो सधै लैनचौर हुँदै पर्थ्यो।कहिले काँही पुलीसहरुले रोक्थे।लैनचौरको डिडीसीबाट अगाडी बड्न दिदैन थिएँ।सरकार सवारी छ भनेर।घाँटी तन्काई तन्काई हेर्थे।साईरन बजाउँदै काला गाडीका लस्कर आउँथे अनि सेता भटभटेको सुरक्षा घेरामा एउटा गाडी हुन्थ्यो अनि त्यो गाडीमा चाँही राजा सवार हुन्छ भन्ने थाहा थियो।कसैले भनेका थिए त्यो गाडी बुलेट प्रुफ हो रे भनेर।आँखाले नदेखिन्जेल हेरी रहन्थे।अनि कोहीले भनेको सुनेको थिएँ त्यो नारायणहीटीमा रहेको टावर छ नि त्यो सुरक्षाको लागि राखेको रे ताकि कोही शत्रुले आक्रमण गरेमा रोक्छ भनेर।तर पछि बुझ्दा सब हावा कुरा रहेछ जस्तो लाग्यो नत्र कसरि मारिन्थे त यदि त्यो सुरक्षाको सुचक थियो भने।
आमाको हात समाएर हातमा सयपत्री र धुपीकोफुल बोकेर दिन भरीको टन्टलापुर घामको कुनै परबाह नगरीकन बैन्डबाजामा सयथरी बाजाको चालमा गएर राजा बिरेन्द्रलाई फुल दिएको अझै याद छ।उनको हाँसो अनि अदा अझै मेरो नजरमा घुमी रहेको छ।
लाग्छ देशमा जति बिकाश भयो त्यो राजा बिरेन्द्रको बेला सम्म भएको थियो। मैले देखेका दरवारहरु सबै लोपोन्मुख अवस्थामा छन्।भएको हनुमान ढोका दरवार लगाएत अरु केही दरवार पनि भुईचालोले तहसनहस पारेको छ।राजतन्त्र फालीयो अनि गणतन्त्र आयो।नामका तन्त्र मात्र फेरीए।अनुहारहरु फेरीए।तेरो पेट भर अनि मलाई दिएस् भने जस्तो पालैपालो देश चलाउने भनेका छन्। राणीको राज्य जस्तो गरि पालै पालो राज्य गरेका छन्।छँदा खाँदाको चौध अन्चल पचहत्तर जिल्लालाई राज्य राज्यमा बिकेन्द्रीतकरण गरिदै छ। जात र धर्मको नारा खिपेर जनतालाई लडाईदै छ।बाहुन क्षत्री र नेवार राज्य,मिथीला र थारु राज्य अनि ताम्सालिङ र खस् राज्यको तक्मा भिराएर मिलेर बसेका नेपालीलाई जुदाईएको छ।
सम्बिधान फेरेको जस्तो गरेर जनतालाई छारो हाल्ने काम भएको छ।जनता झन् गरिबीको दलदलमा फस्दै छन्, दैनिक हजारौ हजार बिदेश पलाएन भएका छन्।
बिकाश केबल नेताहरु घरमा भयो।हात्तीछाप चप्पलेहरु महले भए।भएकोलाई भत्काईयो।परिबर्तनको नाममा राजाहरुका शालीक हटाईयो, फुटाईयो अनि मात्र फुटाईयो।
जेठको बेला चिसो ठाउँ जोरो आउँन खोज्दै थियो।सिटामोलले आत्था पनि भनेन झन् झन् जोरो बढ्दै गयो।हिलेबाट लगभग १२ किमीमा धनकुटा सदरमुकाम पर्छ।सबै अस्पताल देखी सरकारी कार्यलयहरु धनकुटामानै थिए।हतार हतार गरेर अस्पताल ल्याउनु भयो आमाले।जोरो १०३ डिग्री रहेछ।खुन जाच्न पर्छ भन्दै खुन झिक्यो अनि बेडमा बस्ने सल्लाह दियो।एकछिनमा खुनको रिपोर्ट आयो टाईफाईड भएको रहेछ।त्यो दिन अस्पतालमै बस्ने सल्लाह दिए डाक्टरले।त्यतिकै राती भयो।बिहानी पख खासखास खुसखुस गरेको आवाज आयो।राजपरिवारको हत्या भयो रे।कसैले कथा भनेको जस्तो लाग्यो।बिस्वास गर्नै सकिन।एकछिनमा काठमाण्डौबाटनै फोनमा बोलेको सुने।त्यहि कुरा सुनियो।हतार हतार टिभी खोल्न लगाए।टिभीमा उराठ र टिठ् लाग्दा शोक धुनमात्र बज्यो।नभन्दै केही बेरमा समाचार आयो राजपरिवारको हत्या भनेर।
पुरै अस्पताल स्तव्ध भयो।एकाएक सन्नाटा छाए जस्तो भयो।दिउँसै रात परे जस्तो भयो।केबल के समाचार आउँछ भनेर कुर्ने सिवाय अरु कुनै कामनै भएन।केही समयको अन्तराल पछि समाचार आयो त्यसबेलाका प्रधानन्यायधिस थिए होलान् तारानाथ राना भाट।उसले भन्दै थिए यहि बन्दुक द्वारा युवराज दिपेन्द्रबाट राजपरिवारको हत्या भयो।बिश्वास गर्ने पक्षमा कोही पनि थिए।उता अचेत अवस्थामा रहेका दिपेन्द्रलाई राजा बनाईएको समाचार अनि केही समय पछि मृत्युको समाचार आयो।हामी सवै केबल दर्शक भएर कठै बिचरा भन्दै समाचार हेर्न लाचार भयौ।लस्करै लाश लगेको अनि आर्यघाटमा लस्करै राखेर अन्तिम सद्गगद गरेको टुलुटुलु हेरी रहौ।
अव यहि समाचार पन्नामा कोरीयो,ईतिहाँसमा लेखियो अनि यहि कुरा हामीलाई त अझै बिस्वास गर्न गार्हो छ तर अव हाम्रा छोरा छोरीले त्यहि ईतिहास पढ्ने छन्।प्रेम मुख्य कारक थियो हत्या भनेर पढियो।आज पधेरा,घाँस दाउरामा जाँदा देखी गाउँका हाटबजार अनि चिया पसल र भेला सभामा यहि कुरामा खासखास खुस खुस हुन्छ।आखिरी यो हत्याकाण्ड भयो कसरी।सबैले मुखामुख गर्छन्।नभन्दै हत्याकान्ड भएको पन्ध्र बर्ष भए छ।२०५८ साल जेठ उन्नाईस गते शुक्रबार अाज उहि १५ बर्ष पछि उहि शुक्रबार फेरी एकचोटी तिनै राजपरिवारलाई सम्झिदै सवै राजपरिवार प्रति श्रदा शुमन।
लेखक: मनोज पौड्याल

