eNepal

प्रदेशको नाम ‘मधेस’ राखिएको विरोधमा जनकपुरधाममा प्रदेश सांसदको पुतला दहन

प्रदेश २ को नामकरण ‘मधेस’ राखेको विरोधमा मधेस आन्दोलनकारीकै एक समूहले प्रदेश सांसदको पुतला दहन गरेका छन् । मंगलबार जनकपुरधामको जानकी चोकमा मधेस आन्दोलनकारीको युवा समूहले ८ जिल्लालाई समेटेर बनाइएको प्रदेशको नाम ‘मधेस’ राखिएकोमा आपत्ति जनाएको हो । उनीहरुले यसअघि २२ जिल्लालाई मधेस भनिने गरेकोमा अब मधेसलाई ८ जिल्लामा सीमित गर्ने काम भएको आरोप लगाए ।

युवा नेता सुशिल कर्णको अगुवाईमा पुतला दहन गरिएको हो । सो क्रममा आन्दोलनकारीहरुले २२ वटा जिल्लालाई मधेस प्रदेश बनाउन विगतमा पटक पटक आन्दोलन भए पछि अहिले ८ जिल्लामा मधेस सीमित गरिएको आरोप लगाए ।

कर्णले भने, ‘मिथिला भोजपुरा मधेस प्रदेश नाम राख्नुपर्नेमा प्रदेश सांसदहरुले मधेसको पूर्वी क्षेत्र र पश्चिम क्षेत्रको भूभागलाई बेवास्ता गर्दै ८ जिल्लामा सीमित गर्ने काम २२ जिल्ला विरोधी हो ।’ प्रदेशको नाम मिथिला–भोजपुरा प्रदेश गर्दा यहाँको पहिचान र सांस्कृतिक पहिचान समेत झल्किन्थ्यो भन्ने उनको तर्क छ ।

त्यस्तै पर्साको वीरगंजमा एक समूहले मधेस प्रदेशको राजधानी वीरगंज नबनाएको भन्दै मुख्यमन्त्री लालबाबु राउतविरुद्ध नारावाजी गर्दै उनको पुतला दहन गरेका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal