eNepal

अष्ट्रेलिया आउ भाई तर चिया गफको भरमा होइन

अष्ट्रेलियामा आएर थाहा पाए कि समय र परिस्थितीले रामायणमा रामलाई मुख्य पात्र बनाए| कसैले पढाउन नसकेको पाठ अस्ट्रेलियाले पढाउदै छ, बुझाउदै छ, सम्झाउदै छ र मलाइ हिजो भन्दा आज अझै मज्बुत बनाउँदै छ| आज एउटा नेपालको भाइले भन्दै थियो “दाजु अाइफोन सात कि आठ ?” “दाजु एसो ठुला ठुला घरमा पोज दिएको फोटो हाल्नुस न फेसबूक्मा” , म पनि अर्को साल अस्ट्रेलिया आउने| धेरै कुरा सम्झाउन मन थियो भाईलाई तर केहि बोलिन| शायद उसको साथीसमुहमा अस्ट्रेलीयाका मोबाइल र घरहरुका मात्र कुरा हुन्थे होलान्|

हो अस्ट्रेलिया अवसरको खानी हो, तर अस्ट्रेलियालाई स्याउ भनेर आखा बन्द गरेर टोक्न जादा दात भाचिन सक्छ| अस्ट्रेलियालाई काँचो नरिवलको रुपमा हेर्दा राम्रो हुन्छ जस्को गुदी खान मेहेनत गर्नु पर्छ| साथिको लहै-लहै मा लागेर आथवा कन्सल्टेन्सिको मात्र कुरा सुनेर अष्ट्रेलियामा हामफाल्दा घाइते हुने सम्भावना बडी हुन्छ| एतै बसेका मान्छेहरु संग बुझेर अनि इन्टरनेटको सदुपयोग गरेर आउदा राम्रो हुन्छ| डल्लर बिना माइकी देखि माइतकी सबैले मायाँ मार्ने देश हो अष्ट्रेलिया| सानो छदा कतै सुनेको थिए “यो संसारमा एक्लै आउने हो र एक्लै जाने हो”, अष्ट्रेलियाका सुरुवाती दिनहरुले यो कुराको व्याबहारिक रुप देखाउछ, बिस्तारै बिस्तारै मान्छे चिन्दै गएपछि सबै ठीक हुने कुरा आफ्नो ठाउँमा छ| बिशेषगरी हामि स्टुडेन्ट भिसामा आएका सामान्य वर्गका नेपालीहरु कसैको हावा गुफ सुनेर ओपेरा हाउसमा सेल्फि लिन या बीचमा पौडी खेल्न मात्र आउने देश हैन अस्ट्रेलिया, यो एक महाभारत हो जसको जितको उपहार एक सुनौलो भविष्य हो र यो लड्न स्वदेशबाटै हिम्मत जुटाएर आउँदा सजिलो हुन्छ|

भानिन्छ नि अनुभवका लागि उमेर मात्र नहेर्नु, अस्ट्रेलियाले तिमीलाई अठार बर्षको उमेरमा अठाइस बर्षको अनुभवी र व्यवहारिक बनाइदिन्छ| बच्चामा सरले मेहेनतको फल मिठो हुन्छा भनेर पढाउनु हुन्थ्यो अष्ट्रेलियाले बुझाउछ पनि|

एक बालकबाट एक युवा बन्छौ तिमी अष्ट्रेलिया आएपछि, एक पौरखी युवा जो बाँच्नका निम्ति कसैको आश र भर पर्दैन| आउ भाई अस्ट्रेलिया आउ मेरो दाई-दिदि, मामा-भान्जा, काका-काकी हुनुहुन्छ भनेर होइन म आफ्नो सुनौलो भविष्यका लागि एक्लै लड्न जादैछु भनेर आउ| फलानो र तिलानो ले एती गरो उती गरो भनेर वा भनेको सुनेर होइन मैले केहि गर्नुपर्छ भनेर आउ| नेपालमा गरिने चिया गफ भन्दा निक्कै फरक छ यहाँको वास्तविकता, त्यसैले बुझेर आउ सुनेर होइन| सोद्दै थियौ नि भाई अष्ट्रेलियामा आएपछि त कोहि पनि नेपाल फर्किन चहादैनन् किन ? हो कोहि यतै घरजम गर्छन एती यतै रमाउछन् तर सबै होइन| केहि चहेर पनि नेपाल फर्किन हिम्मत गर्दैनन्, आफ्नै गाउघरमा बाआमा, दाजु-भाइ साथीहरु सँग रमाउने इच्छा सबैलाई हुन्छ| यता सून्यबाट एक स्तरमा पुगी सकेका दाजुदिदी नेपालमा गएर फेरी सुन्यमा झर्न चहादैनन्| देशमा गएर केहि गर्छु भनेर जुटाएको अलिकति साहस पनि देशको अवस्थाले बिथोलिदिन्छ|

धेरै लेखिन भाइ तर अन्तिममा एउटै कुरा भन्न चाहान्छु, नेपालबाट आउँदा एक सपना बोकेर आएस र यहाँ आएपछि आफ्नु सपनालाई नाबिर्सियस| यो पैसाको दलदलमा धेरैलाई आफ्नु सपना भन्दा टाढा भासियको देखेको छु मैले |

– डोटेल काजी

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal