eNepal

करियर करियर भन्थी आज पिआरवाली भईछ

एसएलसी सकेर म उच्च शिक्षा हाँशिल गर्न काठमाण्डौ तिर लागे।घरको कान्छो छोरो सबैले मायाँ गरेर कान्छो भन्थे।गाउँकै कान्छो थिएँ।पढ्नमा अव्वल थिए।एसएलसीमा डिस्टिङ्सन आयो।सबै गाउँनै खुसी थियो।सबैको भरोसा थियो म माथी मैले केही गर्छु।गाउँमा पुजा बिहे भयो भने म नगएको ठाउँ हुँदैन थियो।नगए साथीहरु आएर बोकेरै लान्थे।बेलै उट्पठ्याङ।केटीहरुलाई लाईन मज्जाले मारीयो।झन् एसएलसी दिएर फुर्सदिलो समय अनि पुर्ण रुपमा स्वतन्त्र भएको बेला।न पढ्न पर्ने झन्झट्।घरमा बास एकदमै कम हुन्थ्यो।बरालीने अनि बतासिने उमेर।

उच्च शिक्षा पढ्न काठमाण्डौ आईयो।साईन्स पढ्ने मनसायले ब्रिड्ज कोर्ष थाले।बसाई थियो सामाखुसी।मसँग एसएलसी पढेको साथी र म भएर कोठा लियौ।खर्च बराबर भाग लाउदा दुबैलाई हलुका पनि।म साईन्स कलेज भर्ना भएँ, उ होटल म्यानेजमेन्ट तिर लाग्यो।कलेज फरक भएपनि गफ मिल्थ्यो,कुरा सेयर हुन्थ्यो।जिस्किन्थौ,केटीको कुरा गर्थ्यौ।गाउँमा गरेका उरन्ठ्यौला कुरा गर्थ्यौ अनि मुखामुख गरेर हाँस्थ्यौ।

कलेजको दिनहरु शुरुवात भए।बिहानको कक्षा।माईक्रो बसको यात्रा। ठेलामठेल यात्री।कलेज छेउको चिया पसल।बढो रमाईलोसँग बग्दै थियो जिन्दगीका यौवनका पलहरु चियाको चुस्कीसँगै। केटा केटी सरोबरी सबै आआफ्नै दुनीयाँमा मस्त।कोही पहिले जोडी बाँधेर आएका त कोही साथीसँग आएका।हुन त आजकाल जोडी बाध्नलाई उबेला जस्तो चिट्ठी खिपेर कोही लमी लगाएर मनलाई दरो बाँधेर उत्तरको लागि महिनौ कुरी राख्नु पर्दैन।सामाजिक सन्जालहरु फेसबुक जस्तो माध्यमले मायाँ साट्न यत्ति सजिलो बनाई दियो कि कोही कसैलाई मन पर्यो भने रिक्वयस्ट पठाए हुन्छ।यदि एसेप्ट भयो भने आधा उधी पक्का भए जस्तै हो।त्यसपछि केही समय केबल पापड बेल्नलाई मात्र लाग्छ। अनि फलानोसँग क्रस शुरु भईहाल्छ।फेरी क्रस भएन र अफिएर छैन भने त हाँसको बथानमा बकुल्ला।आजकालका ठिटा ठिटीलाई बढो गार्हो।

दिनहरु बित्दै थिए,पढाई पनि निरन्तर अघि बढ्दै थियो।सबैले केटीकै तारीफ गर्छन् यस्ती राम्री,वान्की परेको जिउ, आँखा राम्रो।तर मलाई किन किन एउटी केटी सार्है मन पर्थ्यो।उ अरु भन्दा अलिक फरक स्वभावकी थिई।ग्याङमा बस्न मन नपराउने,अरु जस्तो धेरै नच्याठ्ठिने।धेरै पतर पतर नबोल्ने।सरहरुसँग प्रश्न गर्ने। ब्रेकमा पनि त्यति कक्षा कोठाबाट बाहिर ननिस्कने।लाग्थ्यो पढ्नमा शिपालु होली।नभन्दै पहिलो सेमेस्टरमा कक्षा टपनै गरि।म भने अलिक चुलबुले।हुन त मानिसमा परिबर्तन आउन कतिनै समय लाग्छ र।कसैलाई सङ्गतले केही असर गर्दैन तर कोहीलाई भने सङ्गतले एकचोटीमा प्रभाव पार्छ।

दिन बित्ने क्रममा एकाएक मन पर्न थाल्यो।ठुलै आँट लिएर प्रपोज गरे त्यो पनि फेसबुके पारामा।यानिकी रिक्वेसट पठाएर।उताबाट एसेप्ट भयो।अनि बिस्तारै साधारण च्याट हुन थाल्यो।बस्ने ठाउँ उल्टो परेनी रत्नपार्क दुवै पुगेर अर्को माईक्रो बस फेर्न पर्थ्यो।जो छिटो भए पनि कुरेरसँग जान थाॅलियो।बिस्तारै दुबै बिच हर्ट टु हर्ट कनेक्सन भए जस्तो भान हुन थाल्यो।उ बस्थी दिदीसँग।फेसबुक हाम्रो मायाँ साट्ने गहकिलो माध्यम बन्यो।कलेजमा खासै नबोले पनि हामी कलेजबाट बाहीर निस्के पछि आआफ्ना कुरा श्येर गर्थ्यौ।बिस्तारै एकअर्कामा नजिकीदै गएपछि घरयासी कुरा,ब्यवहारका कुरा श्येर हुन थाल्यो।उमा पनि परिबर्तनका रेसाहरु देखिन थाल्यो।सोझी र लजालु स्वभावकी कान्छी अलि बोल्ने भई,थर्काउने भई अनि झगडा गर्ने भई।सल्लाह दिने भई,भविस्य प्रती चिन्तीत हुन थाली।प्लस टु पढे पछि राम्रो बिषय छानेर डिग्री गर्ने।जे पायो त्यहि पढेर कागजका पाप्रा थुपारेर बेरोजगार हुनु भन्दा बरु शिपमुलक बिषय जस्तै नर्सिङ पढ्छु भन्थी।मैले पनि हो मा हो भनेर सम्झाउन थाल्थे।

समय बित्दै गर्दा हामी धेरै नजिक भई सकेका रहेछौ पत्तै पाईएन।सुनसानमा भेट्न थाल्यौ तर केबल दुख र सुखका कुरा साट्थौ।एकअर्काको आलिङ्गनमा बाधिन्थ्यौ तर अनैतीक काम गर्न कहिले चाहेनौ।हुन त चाहेको भए कसलेनै रोक्थ्यो र।तर अहँ जोसमा होस गुमाउने दुस्प्रयास कहिल्यै गरेनौ।यसरीनै हाम्रो मायाँको जरा अझ मझबुत हुँदै गयो।

दुवैले प्लस टु राम्रै अङ्क ल्याएर पास गर्यौ।रिजल्ट आएको दिन दुबै बगलामुखी गएर अव सँग जिउने कसम खाएका थियौ।रुदै भन्थी अव मलाई धोखा जिन्दगीमा कदापी नदिनु नि मैले पुरा बिस्वास र भरोषा तिमी माथि गरेको छु।मैले पनि तिम्रो भरोषा माथि तुसारापात कदापी गर्ने छैन भनेर शिर माथि हात राखेर बिस्वास दिएको थिएँ।हामी यहाँ सम्म आएका थियौ कि मेरो फेशबुकको प्रोफाईल चित्रमा उसको तस्बिर थियो भने उसकोमा मेरो।

यत्तिकैमा दुबै घर गयौ।घरमा बा आमाले अव के छ तेरो बिचार।बिदेश पो जाने होकी भन्न थाल्नु भयो।जाने हो भने अहिले अस्ट्रेलीया जा।चिनेको मन्छे पनि छ,काम पाउन पनि सजिलो हुन्छ।पैसा पनि कमाईन्छ रे भन्दै सम्झाउन थाल्नु भयो।मैले हतार हतार फोन गरेर घरमा अस्ट्रेलीया जाने कुरा गर्नु भएको छ भनेर कान्छीलाई सुनाए।उसले केही प्रतिक्रीया दिईन।अनि अस्ट्रेलीया हुने दाईसँग कुरा गरे।मेरो यस्तो छ,के उसलाई डिपेन्डेन्ट बनाएर ल्याउँदा कस्तो हुन्छ।दाईले पनि साच्चै एकअर्कालाई राम्रोसँग बुझेको छौ भने सँगै आउँदा खासै समस्या पर्दैन।बरु कलेजको फि देखी हरेक कुरामा सहयोग हुन्छ।एकचोटी सरसल्लाह गर अनि बिचार गर्नु नि ।कान्छीलाई सबै कुरा बेली बिस्तार लगाएँ र सँगै जान पर्छ भनेर घरमा सल्साह गर्न लगाए।उसले म घरमा बा आमासँग सल्लाह गर्छु भनी।

भोली पल्ट उसैले फोन गरि।म पनि उत्सुक भएर फोन उठाएँ तर मेरो उत्सुकता क्षणभरमै बिलीन भयो।बा आमाले अहिले कहाँ जाने बिदेश।आफ्नो करियर बनाउन छोडेर भन्दै कराउनु भयो।बा आमाको बचन तोडेर म तिमीलाई हुन्छ भन्न सक्दिन।अहिलेनै बिदेश जानु भन्दा आफ्नो करियर बनाउनु पनि ठुलो कुरा हो।त्यसैले सरी ल।उसो भए के तिमी मलाई एक्लै पठाउँछौ त।केही नभनी फोन राखी।

त्यसपछि बिस्तारै टाडीदै जान थाली।घर परिवारलाई दोष दिदै,कुरा गर्न मिल्दैन भन्थी।व्यस्त छु भन्थी।हुँदा हुँदा फेशबुकमा अनलाईन हुँदा हाई हेल्लो गर्न छोडी।म पनि के कम ह्या भनेर अस्ट्रेलीयाको लागि कागजात बनाउन काठमाण्डौ आएँ।केही हप्तामा नै कागज मिलाएर घर फर्कदै थिए रात्री बसमा।एक्कासी कन्सस्टेयान्सीको फोन आयो।भाई तिम्रो भिषा आयो।लौ लड्डु लिएर आउ।एकातिर खुसी थिएँ भने अर्को तिर भावुक पनि।कान्छीको बानीमा आएको कायापलटले मनमा एकप्रकारको ज्वारभाटा पड्की रहेको थियो।आखिरी मनलाई बुझाउने आफ्नै मनले रहेछ।मनलाई बुझाए अनि टिकटहरु मिलाउन घर पुगेको केही दिनमानै काठमाण्डौ आएँ।किनकी एकहप्ता भित्र पुगी सक्नु पर्ने थियो ईनरोलमेन्टको लागि।घरबाट टिका लगाएर बिधा भई हतार हतार केही कपडाहरु सपिङ गरेर भिषा झरेको चार दिनमा नै म अस्ट्रलीया तिर हानिए एउटा सुनौलो भविस्य कोर्न, बाबा अामाको सपना पुरा गर्न अनि आफ्नो करियर बनाउन।

अस्ट्रेलीयन लाईफ, बिधार्थी जिवन।काम कलेजको व्यबस्थापन सोचे जस्तो सहज थिएन।जसोतसो पढ्दै अनि पाएक परे सम्म कामपनि गर्दै घरमा खर्च पठाउन थाले।जिन्दगी सोचे अनुरुप रमाईलो नभएपनि जसोतसो रमाईलो मान्दै लगि रहेको थिए।काम जे जस्तो गरे पनि हप्तामा पैसा थाप्ने बेला कामको दुख सबै भुल्थे।आखिरी म जस्ता हजारौ बिधार्थीको कथा व्यथा उस्तै थियो।कान्छीको बारेमा खबर साथीहरु बाट पाउँथे।रिस उठ्थ्यो नजाने गाउँको बाटो नसोध भनेर साथीहरुलाई गाली गर्थे।

काम,कलेज गर्दै समय बितेको पत्तै भएन।यो ठाउँनै त्यस्तै हो कि उठेर आँखा मिच्दै हिडेको छोरो अँधेरी रातमा घर फर्कन्छ।क्यालेन्डरका अङ्कहरु परिबर्तन कतिबेला हुन्छ थाहा पाईन्न।कोठा भाडा तिर्ने बेलामा मात्रै झस्याङ्ग होईन्छ।ए महिना बितेछ भन्यो।यसरि आएको आदि बर्ष भई सकेछ।साथीहरुले कान्छीको बिहेको कुरा सुनाउँथे।फलानो केटा माग्न आएको छ भन्दै जिस्काउँथे।तर एक दिन अस्ट्रेलीयामा पिआर भएको सुड्डो केटासँग बिहे हुने पक्का भएछ कान्छीको।उसैको मिल्ने साथीले अफलाईन म्यासेज छोडेकी रहिछ।एक प्रकारले रिस पनि उठ्यो अाखिरी अस्ट्रेलीयानै आउने रहेछस् मसँग आएकी भए के हुन्थ्यो र!फेरी सोचे मसँग पिआर थिएन नि त।मसँग आएकी भए दुख हुन्थ्यो।कामगर्न पर्थ्यो।कलेज फि जुटाउ पर्थ्यो।झमेलै झमेलामा झेलिन्थी तर पिआर पाएको केटासँग त्यति बिघ्न झमेला त झेल्नु पर्दैन होला।जे होस ठिकै गरि भनेर मनलाई सान्तवना दिएँ अनि घत मारेर हाँस्दै भने करिअर करिअर भन्थी अव बनाउँछे करिअर।

नोट: कसैको बास्तविक जिवन घटनासँग मेल खान गएमा केवल संयोगको रुपमा लिनु होला।
यस्तै लेख रचनाको लागि ईनेपाललाई लाईक गर्न नभुल्नु होला।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal