eNepal

के तपाईहरु राजनिती गर्ननै अस्ट्रेलीया आउनु भएको हो?

लाज लाग्नु पर्ने तपाईहरु जसले बिदेशमा पनि फोहोरी राजनितीको चर्का नारा लगाउँदै, श्रम गरेर खाने आम नेपालीहरुलाई फोकटको आश्वासन दिएर रनभुल्ल बनाउनमा तल्लीन भएर लागि परेका राजनैतीक पाटीका फुस्रा आसेपासेहरुलाई।राजनितीनै गर्नु छ किन फर्कदैनौ नेपाल।बोक झण्डा लगाउ पाटीको नामको लगौटी अनि दौड कुर्लदै फोस्रा जिन्दाबाद र मुर्दाबादका नारा।

भागभन्डा र लुछाचुँडीले ग्रस्त बनाएको नेपाली राजनितीको भाईरस बोईङ् चडेर आउँदा समेत छोड्न सकेनौ र सँगै लिएर आयौ अनि त्यहि भाईरसलाई आज सँघ सँस्थाको खोल ओडाएर भाईरल बनाएर यता पनि रोगका बिजाणु छर्न कटिबद्द भएर लागेका छौ।

राजनिती भित्रको अराजकता र खिचातानीमा पिल्सीयर अक्रान्त भएका नेपालीलाई फेरी बिभीन्न भात्रृ सङ्गठन अनि गुठ र समुहमा बिभाजन गराएर सदियौ देखि रहेको एकआपसी भाईचारामा मनमोटाब गराउने कस्तो आँट हो।के समाज सेवा गर्न राजनितीनै गर्न पर्छ।के सामुदायीक भवन बनाउन राजनितीनै गर्न पर्छ।के कोष खडा गरेर भैपरि आउँदा सहयोग गर्न राजनितीनै गर्नु पर्ने।राजनिती भन्दा माथि “हामी सबै नेपाली” भन्ने अबधारणाको बिकास गर्न के हामी सक्दैनौ।नाम चाँहि समाज सेवा अनि काम चाँही भोट मलाई सेवा।

आफै सोच्नु होस् त के तपाई राजनिती गर्न आउनु भएको हो अस्ट्रेलीया।हो भने लड्नुहोस अस्ट्रेलीयाको राजनितीमा यदि सक्नु हुन्छ भने।हैन भने श्रम गरेर खाने हजारौ नेपालीलाई राजनितीको भाईरस हाल्ने काम नगर्नु होस।हुँदा हुँदा यता पनि प्यानल,गुठ र समर्थन।अरे तपाई कहाँ हुनुहुन्छ त्यो बुझ्नुहोस् न।यहाँ कसलाई छ फुर्सद तपाईको प्यानल र सङ्गठनका भाषणमा आएर ताली बजाउने अनि समर्थन गर्ने।

आज पाटी र सङ्गठन भनेर कुर्लिनेहरु डलर बगाउन लागि परेका छन् किनकी भोट आफ्नो पोल्टामा पार्नु छ।के तपाईहरुले व्यापार गर्नलाई राजनिती गरेको की समाजको सेवा।

सुनिन्छ हामी यस प्यानललाई समर्थन गर्दैछौ वा हाम्रो समाजबाट तपाईलाई दिने भोट प्रती हामी सबैको एेकेबद्दता छ।यो कस्तो प्रथा हो जहा मल्की त्यहाँ ढल्की।साँच्चै भन्दा देशलाई बिभाजीत गर्न उताका नेताले मुख्य भुमीका खेले जस्तो यता पनि जात अनि परदेशका नाममा एकप्रकारको बिभाजनकै स्थिती छ।नपत्या झापाली समाज,चितवन समाज के हुन् त अनि क्षेत्री समाज, राई र मगर समाज।

अस्ती एकजनाले भन्दै थिए चितवन समाजको कार्यक्रममा सबै चितवनका मात्रै हुन्छन्,हामी गयो भने त हाँसको बथानमा बकुल्लाको स्थिती आउँछ।आखिरी यस्तो बिभाजनको स्थिती श्रृजना गर्ने स्वम् हामी आफैनै हो अरुलाई दोष दिनु बेकार छ।

हामी तमाम् बिदेश बस्ने नेपालीहरु एक त गैर नेपाली पक्कै होईनौ।नेपाली हौ तर अस्ट्रेलीयन नेपाली,अमेरीकन नेपाली।हामीलाई कुनै पाटी,सँघ सँस्था माथि झुन्डी राख्नु पनि छैन र बिल्ला भिर्नु पनि छैन।तपाई आफै मुल्याङ्कन लगाउन सक्नु हुन्छ नि एनआरएनएमा त सदस्य सङ्ख्या लाजै मर्दौ थियो केही महिना अघि सम्म।जव चुनाब नजिक आउँन आट्यो अनि नेपालीहरुको बसोबास पनि बाक्लिदै गर्दा अहिले केही बढेको छ।रातारात सदस्यता बढेको अवस्थाले अहिले ठुलो प्रश्न चिन्ह खडागरि दिएको छ।आखिरी कसरि भए यति धेरै सदस्य रातारात।कतै नेपालमा भोट माग्न खसी ढाल्या जस्तो यता सदस्यता आफ्नो प्रगडमा पार्न कार्ड त घोटीएन।यो अहिले बिचाराधिन अवस्थामा छ।मुद्दामामीलामा गएको छ यो कुरा।भलै चाँडै थाहा पाई हालिन्छ बास्तबिकता।

कुनै पनि सँस्थाको सदस्यता बन्न आजकाल जो कोही पनि हिच्कीचाउँछन्। यसबाटनै प्रस्ट हुन्छ कि कसैलाई पनि सँस्था वा पाटीको खोल ओड्नु छैन वा भनौ यस्ता कुराहरुमा बितृष्णा जाग्दै गएको महसुस हुन्छ।बिस बर्ष अगाडिका सोझा जनतालाई बाटो,पुल बनाईदिन्छु भनेर भोट माग्न गए जस्तो एउटा भवन बनाई दिन्छु,जिते भने भव्य गाला डिनर गराई दिन्छु भन्दै भोट मागेर जनताले के अब पनि भोट दिएलान् र!पाटी र प्यानल अनि गुठ र सँघबाट बाहीर आउनु होस् अनि “हामी सबै नेपाली”भन्नु होस्।कुनै सँघ सँस्थाको बुई चड्न कसैलाई पर्दैन।परेको बेला र परेको खण्डमा सबै एक भएर हरेक कुराको समाधान गर्न सक्ने बिवेकशील नेपाली भई सके।कुनै पाटी वा सँस्थाको एजेन्डा र घोषणापत्र पढेर आफ्नो अमुल्य समय बर्बाद बनाउने पक्षमा अव कोही नेपाली पनि कुनै देशमा छैनन् चेतना भया!

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal