eNepal

जनताको गीत “आमा दिदी बहिनी हो” का श्रष्टा जनगायक जेबी टुहुरेको निधन

जनगायक जुठबहादुर खड्गी जेबी टुहुरेको निधन भएको छ। टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।

भान्सामा फलफूल खान छिरेका टुहुरे मस्तिष्कघात भएर त्यही लडेका थिए । त्यसपछि छोरी निर्भिका र श्रीमतीले उनलाई उपचारका लागि अस्पताल पुर्‍याएका थिए ।  उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

२०१६-१७ सालदेखि रेडियो नेपालमा गीत गाउन शुरु गरेका जेबी टुहुरे जिवन्त जनताको गीतहरु आमा दिदी बहिनी हो, कति बस्छौ दासी भै, सुखको सँधै प्यासी बनेर, बसाइँ हिड्नेको ताँती छ, सारङ्गीको तार रेटी आदी गीत लोकप्रीय छन्।जनसांस्कृतिक फाँटका धरोहर , जनसाङगीतिक आकाशका चम्किला नक्षत्र टुहुरेका कृतिहरू युगयुगसम्म बाँचिरहने छन ।

जनसाँस्कृतीक महासंघका पूर्वअध्यक्ष समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजेदेखि २ बजेसम्म राखिनेछ ।  उनको पशुपतिस्थित आर्यघाटमा आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal