eNepal

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा ११ महिनापछि पुनः कुलमान घिसिङ नियुक्त

कुलमान घिसिङ पुनः नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएको ११ महिनापछि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएका हुन् ।

घिसिङ प्राधिकरणबाट २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका थिए । सोमबारको बसेको मन्त्रिपरिषद्‌ बैठकले घिसिङलाई नियुक्ती गरेको हो ।

उक्त निर्णयको व्यहोरा मन्त्रिपरिषद्‌को कार्यालयबाट मंगलबार साँझ ऊर्जा मन्त्रालयमा पुगेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्ताव मन्त्रीपरिषद्ले पास गरेपछि घिसिङ कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal