eNepal

आज टोकियो ओलम्पिक समापन हुँदै

एजेन्सी, साउन-२४। आज टोकियो ओलम्पिक समापन हुने भएको छ।

गत जुलाई २३ मा औपचारिक उद्घाटन भएको ओलम्पिक आज सकिन लागेको हो। नेपाली समय अनुसार उक्त समापन समारोह आज अपरान्ह ४ बजेर ४५ मिनेटमा सुरु हुने भएको छ । त्यस्तै आज ओलम्पिकको अन्तिम दिन ८ स्वर्ण पदकका खेल हुँदैछन्।

आज पुरुष म्याराथन, साइक्लिङ ट्याक, महिला ह्याण्ठबल, वाटर पोलो, महिला भलिबल जिम्न्यास्टिक, बक्सिङ र जम्पिङका खेल हुँदै छन्। हालसम्म टोकियो ओलम्पिकमा पदक तालिकामा ३८ स्वर्णसहित चीन अग्र स्थानमा रहेको छ। उसलाई अमेरिका ३६ स्वर्णसहित पछ्याइरहेको छ।

त्यसैगरी आज भएको पुरुष म्याराथनतर्फको स्वर्ण पदक केन्याली धावक एलिउड किपचोगेले जितेका छन् भने जम्पिङमा स्वीडेनले स्वर्ण जितिसेकेको छ।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

enepal