काठमाडौँ, साउन-१९। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशका अधिकांस भू-भागमा सामान्य बदली रही बागमती, गण्डकी र लुम्विनि प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको महाशाखाले जनाएको छ।
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। प्रदेश १,बागमती , गण्डकी, कर्णालि, सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी आज राती भने देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १,बागमती, गण्डकी र लुम्विनि प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाद्वारा आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:- प्रदेश १, बागमती, गण्डकी, लुम्विनि, कर्णालि र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू- भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।

