मेष:- सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला ।पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ। नयाँ कार्य थालनिको योग रहेकोछ।
वृष:- आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला। प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ। अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ ।
मिथुन:- सामान्य वादविवादको झमेलामा फसिने सम्भाबना रहेकोछ। व्यापार ब्यवसाय मध्यम रहला । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ। आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला। खानपानका क्षेत्रमा विशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
कर्कट:- दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । व्यापार व्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ ।
सिंह:- शत्रु सबल रहनाले कुराकाट्ने व्यक्तिहरुको वृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भावना रहेकोछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ ।
कन्या:- मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ। अध्यन अध्यापनका निम्ती अधिक श्रम व्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक व्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ ।
तुला:- प्रेम सम्बन्धमा भने सामान्य झन्झट व्यहोर्नु पर्ला। स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला। कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भावना रहेकोछ। व्यापार व्यवसायमा समय मध्यम रहनेछ । मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ।
वृश्चिक:- अधिक आत्मविश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय व्यतित हुन सक्छ।
धनु:- खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँलगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा विशेष ध्यान दिनु पर्ने समय रहेको छ ।
मकर:- जिवन साथीको सहयोगमा गरीएका व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य व्यक्तिको पूर्ण विश्वास नगर्नु होला । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भावना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ ।
कुम्भ:- स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ विशेष ध्यान दिनु होला । अरुको कुरामा विशेष ध्यान नदिनु होला । नजीकका व्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भावना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ ।
मिन:- विद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा वृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको विकाशले तपाईको मान सम्मानमा वृद्यि गर्नेछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला ।

