मेष राशी:- अन्य व्यक्तिको पूर्ण विश्वास नगर्नु होला । आर्थीक क्षेत्र मध्यम रहनेछ । यात्रा कारक समय रहेकोछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ ।
वृष राशी:- अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भावना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ ।
मिथुन राशी:- व्यापार व्यवसाय मध्यम रहला । साजेदारी काममा लगानी नगरैकै वेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला। खानपानका क्षेत्रमा विशेष सजग रहनु उत्तम रहनेछ ।
कर्कट राशी:- दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
सिंह राशी:- मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुराकाट्ने व्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाव झेल्नु पर्ला ।
कन्या राशी:- नयाँ लगानिमा उत्तम समय रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहनेछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ ।
तुला राशी:- प्रेम सम्बन्धमा भने सामान्य झन्झट व्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाव उत्पन्न गराउन सक्ला। भौतिक श्रोतसाधनका प्रयोगमा समय व्यतित रहला ।
वृश्चिक राशी:- अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । यात्रामा सामान्य चोटपटकको सम्भावना रहेकोछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ ।
धनु राशी:- शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा विशेष ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।
मकर राशी:- आटँ शाहसको कमीले कार्यमा व्यवधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । अपरीचित व्यत्तिहरुको विश्वासमा नपरेकै वेश रहनेछ ।
कुम्भ राशी:- स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ विशेष ध्यान दिनु होला । अरुको कुरामा विशेष ध्यान नदिनु होला । नजीकका व्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।
मिन राशी:- आय आर्जनमा वृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । विद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ ।

