eNepal

अष्ट्रेलियाविरूद्धको अन्तिम टी-ट्वान्टीमा वेस्ट इन्डिज विजय

अष्ट्रेलियासंगको पाँचौं तथा अन्तिम टी-ट्वान्टी क्रिकेट पनि वेस्ट इन्डिजले विजय हासिलो गरेको छ। यससँगै वेस्ट इन्डिजले पाँच खेलको सिरिज ४-१ ले जितेको छ ।

सेन्ट लुसियामा शनिबार बिहान वेस्ट इन्डिजले अष्ट्रेलियालाई १६ रनले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो।

त्यस्तै पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । वेस्ट इण्डिजका इभन लेविसले सबैभन्दा धेरै ७९ रन बनाए । अष्ट्रेलियाका एन्ड्रयु टाइले तीन तथा मिचेल मार्स र एडम जाम्पाले दुई/दुई विकेट लिए। वेस्ट इण्डिज पहिलो खेलमा १८ रन, दोस्रो खेलमा ५६ रन र तेस्रो खेलमा ६ विकेटले विजयी भएको थियो । चौथो खेलमा अष्ट्रेलिया ४ रनले विजयी भएको थियो।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

enepal