eNepal

अस्ट्रेलीया जानु भनेको पढ्न मात्रै होईन आत्मनिर्भर बन्नु पनि हो

आजकाल प्लस टु सकेर बसेका भाई बहिनीहरुलाई अव के गर्ने भनेर सोध्यो भने अक्सर भाईबहिनीहरुको जवाफ हुन्छ आईएलटिएस दिने अनि अस्ट्रेलीया जाने।घरमा सिन्को नभाँची बसेका आजकालका सहरिया केटाकेटीलाई जे होस बिदेशले एउटा सबक चाँही सिकाउँछ कि कसरी आत्मनिर्भर बन्ने भनेर।

होलान् हजारौमा कोही बिदेश आएरपनि बाबु आमालाईनै पिरोल्ने, तनाब दिने तर धेरैले आत्मनिर्भर बन्ने पाठ सिकेका हुन्छन्।किनकि बिदेशको हावा पानीनै त्यस्तै हुन्छ।काम खोज्ने देखी कलेजको समयको सहि व्यबस्थापन।कामको चटारो देखि अपुग निन्द्रा अनि भोको पेट।साँच्चै अस्ट्रेलीयाले एक स्वाभलम्बी र आत्मनिर्भर चाँही पक्कै बनाउँछ यसमा कुनै दुई मतनै छैन।

एउटा केटो पढ्न भनेर अस्ट्रेलीया आयो कुनै कलेजमा।डिप्लोमा पढ्न आएको केटो आलु छिल्न पनि जान्दैन थियो तर काम त्यहि पायो आलु छिल्ने अनि प्याजको बोक्रा ताछ्ने।बिस्तारै चिया पकाउन थाल्यो,मासु पकाउन सिक्न थाल्यो।आएको दुई महिनामा लाख रुपयाँ पठाएको। छोरोको मासीक आम्दानी लाख रहेछ भनेर अव कहिले पठाउँछस् भन्छन् रे।के थाहा बिचरा बा आमालाई यता कहिले लाख त कहिले भुक्का हुन्छ भनेर।सधै एकनास हुँदैन भन्ने कुरा उता बुझ्दैनन्।अनि त्यहि आस गर्छन्।छोरोलाई पढ्न पठाएको हो काम गर्न होईन भन्ने कुरा बुझ्न अभिबावकले जरुरी छ।समय अनि कामको तारतम्य मिल्यो भने कहिले काँही हल्का पैसा जम्मा हुन्छ।अन्यथा कैयौ दिन त्यसै खाली बस्न पर्छ।यो अस्ट्रलीया आएका अक्सर धेरै बिधार्थीको कथा हो।

एउटा कुरो पक्का हो बिचरा भाई आज भोकै बस्दैन आफै पकाएर खान्छ,थकानको कुनै परबाह गर्दैन जति खेर पनि कामको लागि राजी हुन्छ अनि भन्छ अव म आत्मनिर्भर भएँ। अव कसैको गुलामी र बा आमाको आश गरेर बस्न पर्दैन।त्यहि हो मैले सिकेको अस्ट्रेलीया आएर।

लेखक: मनोज पौड्याल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal