eNepal

आगामी ३ दिनको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, असार-२। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरी मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले जनाए अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

आज राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै भोलि(असार-३ गते बिहिबार) दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने महाशाखाले जानकारी दिएको छ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

भोलि राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, प्रदेश न.१ र वागमती प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी असार ४ गते (शुक्रबार) दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

शुक्रबार राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal