eNepal

काठमाडौँ उपत्यकामा थप एक हप्ता लम्बियो निषेधाज्ञा, यस्तो छ परिवर्तित मोडालिटी

काठमाडौँ, जेठ-३०। काठमाडौँ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्बाईएको छ।

संक्रमणको दर केही कम भएपनि जोखिम कायमै रहेकाले काठमाडौं उपत्यकामा निषेधाज्ञा थप भएको हो । काठमाडौँ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञाको मोडालिटी बमोजिम जेठ ३१ गतेसम्मको निषेधाज्ञामा बिहान ९ बजेसम्म खाद्यान्न तथा पसल र तरकारी पसल खुल्दै आएका छन् । अब ११ बजेसम्म खुलाउन दिइने छ । विकास निर्माणका कामलाई स्वास्थ्य मापदण्ड पालना गरी अगाडि बढाउन दिइनेछ ।

त्यस्तै अनलाइन डेलिभरी बिहान सात बजेदेखि सञ्चालन गर्न दिने, होटल बन्द गर्ने तर, होम डेलिभरी गर्न दिने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले काठमाण्डुपाटीलाई जानकारी दिए ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal