eNepal

कविताः शुभकामना के दिउँ तिमीलाई

शुभकामना के दिउँ तिमीलाई
पहिला भन्दा मोटाएकी छौ
थाहा छैन
सौखीन भएर हो की
रोगले च्यापेर हो
बोल्दा पनि मरक्क बटारिन्छौ
हाँस्दा नि बार्ह सत्ताईसका मुजा पार्छौ
जराले आड नपाएर होकी
टुप्पोबाट ह्वात्तै पलाएर हो

छोरोको आँशु पुछ्दै बाबुले
निधारमा हात राखेर आशीर्वाद दिन्छन्
छिट्टै गएस है छोरा बिदेश
सके अस्ट्रेलीया अनि अमेरीका
नत्र अरब कतार खाडी देश
भोको पेटले न भन्छ देश न भन्छ परिवेश
युवाहरुमा आएको पलायनबादीको खरो आवेग

बस् भनेर कसैले भन्दैन
जाने कहिले हो सोध्छन् आजकाल
साँचो कुरा कसैले बोल्दैन
फसाउने र भसाउने खन्छन् भड्खाल
देशको पिर गर्नेहरु गरि मात्र रहे
देशलाई बन्दकी राख्नेहरु स्विस बैंक धाए
लुट माथि लुट ब्रम्ह लुट छ यहाँ
लुट्नेकै दिन फिर्छ
सोझाको दिन कहिले आउँछ र त्यहाँ

भित्ताका क्यालेन्डरका पाना पल्टिए
चिमालीले डाँडा र काँडा ढकमक्क ढाकिए
ठुला खेतको गहुँ लटरम्मै झुले
खेताला खोज्न भनेर गाको
कोही नभेटेर रनभुल्लमा आफै परे
कथा हो मेरो तपाईको अनि सुन्दर गाउँको
यो कस्तो बिडम्बना
आफ्नै खेती बन्यो आजकाल आफैलाई घाँडो

मनोज पौड्याल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal