काठमाडौँ, जेठ-१३। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय बढीमा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ।
आज थपिएका ६ हजार ९ सय ३९ जना संक्रमित सहित कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ। त्यस्तै आज थपिएका उक्त संक्रमित सहित सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४ सय ७३ रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले जानकारी दिए अनुसार आज मात्र कोरोनाबाट १ सय ६ जनाले ज्यान गुमाएका छन। यस सँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ९ सय ५१ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार २ सय २६जना कोरोना संक्रमण मुक्त भएका छन यो संगै उपचार पछि निको भएर डिस्चार्ज हुनेको हालसम्मको संख्या ४ लाख १८ हजार ८ सय २९ पुगेको मन्त्रालयले जानकारी दिएको छ। त्यसैगरी अहिले क्वारेन्टाइनमा १ हजार ९ जना रहेका छन।

