eNepal

नियमित काजु खानुका यस्ता छन फाइदाहरु

चितवन, जेठ-१३। काजु एक महँगो ड्राइ फ्रुट हो । निम्न आर्थिक अवस्था भएका व्यक्तिले नियमित काजु खान सक्दैनन् । महँगो भए पनि काजुका फाइदा भने अनगिन्ती छन् । ड्राइ फ्रुटको राजा मानिने काजु सबै उमेर समूहको मानव जीवनलाई फाइदा पु¥याउने खाद्य हो ।थोरै खादा पनि धेरै फाइदा पुर्‍याउने काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

त्यसैले हरेक दिन दुई या तीन पिस मात्र पनि काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यसैले काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ ।काजुलाई पानीमा भिजाएर पिस्ने र बनेको लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

काजुमा एक प्रकारको तरल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ । काजु खानाले शरीरमा युरिक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ । हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रित रहन्छ ।

नियमित काजु खानुका फाइदाहरु:- दाँतलाई मजबुत तुल्याउन ठूलो भूमिका खेलेको हुन्छ । कपाल चमकदार बनाउन पूर्ण रुपमा मद्दत पुर्‍याउँछ । आँखाको तेज बढाउन पनि काजुले ठूलो भूमिका खेलेको हुन्छ । गर्भवतीको लागि काजु बरदान मानिन्छ । जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्‍याएको हुन्छ । कब्जियतबाट टाढा रहन पनि नियमित काजु खाँदा फाइदा पुग्छ । सधैं ताजगी र स्वस्थ, स्फुर्त रहन काजु निकै उपयोगी मानिन्छ ।

नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ । हड्डी मजबुत गराउँछ । कमजोर महसुस हुनेलाई मजबुत हुन मद्दत गर्छ । अनुहारको छालामा चमक ल्याउँछ । कोलेस्टेरोल घटाउन सहयोग पु¥याउँछ । रक्तचाप नियन्त्रण गर्न प्रमुख भूमिका खेल्छ । काजुले दिमाग तेजिलो बनाउन ठूलो भूमिका खेलेको हुन्छ । तनाव घटाएर थकान हुनबाट बचाउँछ । मुड अपसेट हुँदा काजु सेवन गर्नाले स्वतः निराशा हटेर जान्छ । थकान मेटाउन सहयोग पुर्‍याउँछ । जुनसुकै उमेरकाले खाँदा पनि कुनै असर नपुर्‍याउने । शरीरलाई आवश्यक पोषण तत्व प्रदान गर्छ । डायबेटिज नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ । मुटु बलियो बनाउँछ र डर लाग्ने जस्ता रोग नियन्त्रण हुन्छ ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal

के म अष्ट्रेलियाको यात्रा गर्न सक्छु?

enepal

अष्ट्रेलिया बासस्थानका लागि किन लोकप्रीय छ, यस्तो छ रोचक तथ्यहरु

enepal

सन् २०२१ को शीर्ष २० सबैभन्दा महँगो शहरहरूको सोर्हौ स्थानमा पर्यो मेल्बर्न

enepal