काठमाडौँ, जेठ-१२। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार आज मात्र नेपालमा ६ हजार ७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३० जनाको पीसीआर परीक्षण गर्दा ६ हजार ६ सय ७७ र ३ सय २२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जना गरी कुल ६ हजार ७ सय १४ जनामा कोरोना भाईरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आज थपिएका उक्त संक्रमित सहित हाल सम्म सक्रिय संक्रमितको कूल संख्या १ लाख १७ हजार ७७ जना रहेका छन। त्यस्तै गत २४ घण्टामा थप १ सय ४५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन। आज मात्र कोरोना संक्रमणबाट ६ हजार ७ सय १६ जना मुक्त भएर डिस्चार्ज भएका छन।

