eNepal

दुधको चिया होइन रोजौं कालो चिया!

चितवन,जेठ-१२। हामी सबैलाई दुधको चिया नै बढी मन पर्ने गर्दछ । तर यो था हुन्न कि दुधको एक थोपाले चियाको पुरै फाइदालाई शुन्य बनाइदिन्छ ।

विशेष गरी कालो चियामा प्रशस्तै एण्टि अक्सिडेन्ट र भिटामिन पाइन्छ, यसले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ, कोष क्षयलाई रोक्छ, मुटुसम्बन्धी रोगबाट पनि बचाउँछ तर चियामा अलिकति पनि दूध मिसायो भने त्यसले फाइदा भन्दा बढि बेफाइदा गर्दछ । दूधमा पाइने प्रोटिन ‘क्यासिन’ले गर्दा चियामा पैदा हुने ‘क्याटेचिन’को मात्रामा कमि हुने गर्दछ, ।

विश्व भरी नै चियाका पारखीहरु भेटीन्छन् । यसमा पाईने एन्टिअक्सिडेन्टले शरीरमा स्फूर्ती एबं ईनर्जी भरीदिन्छ ।चिया स्वादको लागी मात्र नभई स्वास्थ्यको हिसावले पनि उचीत मानीन्छ ।मानीसहरु धेरै जसो रोज्दा कालो चिया भन्दा बढी दूध चिया नै रोज्ने गर्दछन् तर सकेसम्म स्वास्थ्यको हिसावले दूधको चिया प्रयोग भने गर्नुहुँदैन ।दूधको चियाले खाना अरुची हुने ग्यास्ट्रीक बढेने जस्ता समस्या देखा पर्दछन् ।

ब्ल्याक वा ग्रिन टी स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । ग्रिन टीमा एन्टिअक्सिडेन्ट बढी हुन्छ । यस्तो चिया भने दिनको ४–५ पटक प्रयोग गर्दा रोगप्रतिरोधी क्षमता पनि बढ्छ ।

कालो चियामा भएको एन्टिअक्सिडेन्टले शरीरमा भएको बोसो कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन । चियामा राखेको दूधले भने एन्टिअक्सिडेन्टको मात्रालाई घटाउने काम गर्छ । कालो चियाको प्रयोगले छिटो भोक लाग्ने समस्याबाट मुक्ति दिलाउनुका साथै शरीरमा शक्तिसमेत पैदा गर्छ । जसले मानिसलाई लामो समय क्रियाशील रहनका लागि सहयोग पुर्याउँछ । कालो चियाले पाचन प्रणालीलाई समेत व्यवस्थित गर्ने काम गर्छ । जसका कारण मानिस पेटको रोग लाग्नबाट बच्न सक्छ । कालो चियाको प्रयोगले पेटको दुखाइ, ग्यास्ट्रिकजस्ता समस्याबाट पनि मुक्ति दिलाउने काम गर्छ ।

नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्छ । जसका कारण मानिसलाई ‘हर्ट स्ट्रोक’को खतरा कम हुन्छ । अमेरिकन हर्ट एसोसिएसनको अनुसन्धानअनुसार कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोल कम गर्छ । कोलेस्ट्रोल हर्ट स्ट्रोकका लागि खतरनाक मानिन्छ ।

कतिपय मानिसमा रोगप्रतिरोधी क्षमता कम भएका कारण छोटो–छोटो समयमा बिरामी हुने समस्याले दिक्क हुन्छ । यस्ता मानिसलाई पनि कालो चिया हितकर हुन्छ । कालो चियाले शरीरको रोगप्रतिरोधी क्षमतालाई बढाउँदै लैजाने काम गर्छ । यसले साइनस, डायरिया, निमोनियाजस्ता रोग लाग्ने सम्भावनालाई पनि दूर गर्ने काम गर्छ ।

कालो चियाले शरीरमा ‘थैफ्लोविन्स’ अर्थात् क्यान्सर बनाउन सक्ने कोषिकालाई हटाउने काम गर्छ । यस्ता कोषिका निर्मूल हुँदा विशेषगरी मानिसलाई ‘ओवेरियन क्यान्सर’बाट जोगाउने गर्छ ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal

के म अष्ट्रेलियाको यात्रा गर्न सक्छु?

enepal

अष्ट्रेलिया बासस्थानका लागि किन लोकप्रीय छ, यस्तो छ रोचक तथ्यहरु

enepal

सन् २०२१ को शीर्ष २० सबैभन्दा महँगो शहरहरूको सोर्हौ स्थानमा पर्यो मेल्बर्न

enepal