eNepal

नेपालमा यस्तो छ कोरोनाको पछिल्लो अवस्था, ६४०४ ले जिते कोरोना

काठमाडौँ, जेठ-११। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्र नेपालमा ८ हजार ६ सय ३६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

कुल २२ हजार ९ सय ३६ पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा ८ हजार ६ सय ३६ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। आज थपिएका उक्त संक्रमित सहित यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कूल संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ भने मुलुकभर सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २ सय ६१ रहेको मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ सय ६९ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या ६ हजार ७ सय पुगेको छ ।

त्यसैगरी देशभर आज मात्र ६ हजार ४ सय ४ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ४ लाख ४ हजार ८ सय ८७ जना संक्रमित उपचारपछि निको भएका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal