eNepal

लिचि खानु लाभ वा हानि?

चितवन, जेठ-११। लिचि गर्मीमा पाइने एक प्रमुख फल हो । मिठो र रसिला हुनुले पनि यसलाई मन नपराउने कमै हुन्छन् । मिठो र रसिलो हुनुका साथै स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

लिचीमा कार्बोहाइड्रेट, भिटामिन सी, भिटामिन ए र बी कम्प्लेक्स प्रसस्त पाइन्छ । यसका साथै पोटासियम, क्याल्सियम, फस्फोरस र आइरनजस्ता मिनरल पनि पाइन्छ । दैनिक रूपमा लिची खानाले अनुहारमा चमक आउनुका साथै बढ्दो उमेरको कारण देखिने लक्षणहरू समेत अनुहारमा कम देखिन्छ । यसका साथै शारीरिक विकासका लागि पनि फाइदाजनक हुन्छ । तर, लिची खाने बेलामा ध्यान भने पुर्याउनुपर्छ । किनकी अधिक मात्रामा लिची खानाले बेफाइदा गर्न सक्छ । धेरै लिची खानाले चिलाउने, एलर्जी, र स्वास लिन समेत अप्ठ्यारो पर्न सक्छ ।

राजधानीसहित देशका अधिकांस स्थानमा गर्मी बढ्दो छ । यो समयमा बजारमा विभिन्न प्रकारका फलफूल पाइन्छ । यो समय लिचीको पनि मौसम हो । लिची स्वास्थ्यवर्धक हुनुका साथै यसमा प्रसस्तै पोष्टिक गुण पाइन्छ । लिचीमा कार्बोहाइड्रेट, भिटामिन सी र बि कम्प्लेक्ससँगै पोटासियम, क्याल्सियम जस्ता खनिज पदार्थ पाइन्छ । लिची खाँदा अनुहारमा निखार आउँछ भने चाउरिपन पनि हट्छ ।

लिचीमा पाइने क्याल्सियम, फस्फोरसले बच्चाको शारीरिक गठनमा महत्वपुर्ण भूमिका खेल्छ । लिची आनामा मुटु स्वस्थ हुन्छ भने क्यान्सर सेल्स र ट्युटम पैदा हुनबाट रोक्छ । जसले मलद्धारमा हुने क्यान्सरको खतरा हुँदैन । चिसो लागेको छ र घाटीमा दुकेको छ भने पनि लिची खानु लाभदायक हुन्छ । धेरै फाइदाजनक भएपनि लिची सिमित मात्रमा मात्र खानुपर्छ । धेरै खाँदा स्वास्थ्यका लागि हानिकारक हुन्छ । एक पटकमा १०–११ वटा लिची खानु लाभदायक हुन्छ । यो भन्दा धेरै खाएमा टाउको दुख्छ भने शरीर चिलाउने, जिब्रो र ओठ सुन्निनुका साथै सास फेर्न समेत कठिन हुन्छ ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal

के म अष्ट्रेलियाको यात्रा गर्न सक्छु?

enepal

अष्ट्रेलिया बासस्थानका लागि किन लोकप्रीय छ, यस्तो छ रोचक तथ्यहरु

enepal

सन् २०२१ को शीर्ष २० सबैभन्दा महँगो शहरहरूको सोर्हौ स्थानमा पर्यो मेल्बर्न

enepal