eNepal

नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा १९३ जनाले गुमाए ज्यान

काठमाडौँ, जेठ-९। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आजमात्र ७ हजार ९ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १८ हजार ९ सय ६५ जनाको पीसीआर परीक्षणमा ७ हजार ५ सय ९८ र ९३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३ सय १६ जना गरी कुल ७ हजार ९ सय १४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको हो। आज थपिएका संक्रमित सहित हालसम्म नेपालमा कोरोना संक्रमितको कूल संख्या ५ लाख १३ हजार ५५७ पुगेको छ ।

त्यसैगरी मन्त्रालयका अनुसार हाल देशभर १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित रहेका छन। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण नेपालमा थप १ सय ९३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या ६ हजार ३ सय ४६ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal