ताप्लेजुङ, जेठ-९। ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बुवा पिके शेर्पासंग सगरमाथाको सफल आरोहण गरेका छन्।
हिमाल आरोही पिके शेर्पाले आफ्नो छोरासँगै सगरमाथाको सफल आरोहण गरेका हुन् । आरोहणका लागि पठाएको कम्पनि हिमालय गाइड्स ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीका प्रबन्धक इश्वरी पौडेलका अनुसार आज आइतबार बिहान ८ बजेर ५० मिनेटमा उनले आरोहण गरेको हुन्।
सोनाम आवश्यक तयारीका लागि एक महीनाअघिनै सगरमाथा आधारशिविर पुगेका थिए। उनका बुवा पूर्णकुमार २४ वैशाखमा अनुमतिपत्र लिएर आरोहणमा गएका थिए। उमेरमै सोनामले बाबुसँगै सगरमाथाको सफल आरोहण गरेका हुन्।
पर्वतारोहण महाशाखाकी निर्देशक मीरा आचार्यको अनुसार सोनाम सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गर्ने कान्छो आरोही हुनसक्छन तर अहिले नै यसै हो भनेर भन्न नसकिने र पूर्ण रूपमा डकुमेन्ट हेरेर छानबिन पछि मात्र भन्न सकिने आचार्यको भनाई रहेको छ।

