eNepal

कोरोना अपडेट: थप १२९ जनाको मृत्यु, ८ हजार ९ सय बढी संक्रमित

काठमाडौँ, जेठ-८। पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा थप ८ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी १९ हजार ३७५ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । पीसीआर परीक्षणका क्रममा ८ हजार ५९१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा अवधिमा देशभर ७४८ जनाको एन्टिजेन परीक्षणबाट ३८९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै थप १ सय २९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन।यो संगै हालसम्म नेपालमा ६ हजार १ सय ५३ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ८८६ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन। त्यस्तै आज देशभर ८ हजार ८ सय ४८ जना कोरोना संक्रमित निको भएका छन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal