eNepal

किन हुन्छ त थकान वा कमजोरी ?

चितवन, जेठ-८। काम गर्दा गर्दैको अवस्थामा वा बिसाइरहेकै अवस्था मा र यहाँसम्म कि सुतेकै अवस्था मा पनि शरीर गले जस्तो, कमजोरी भए जस्तो अनुभव हुन्छ भने त्यसलाई थकान र कमजोरी भएको भनिन्छ ।

हुनत यो आँफैमा कुनै रोग होइन तर यसले अनेक शारीरिक र मानसिक रोगहरु लागेको तर्फ संकेत गरेको हुन सक्छ । यसलाई क्लान्ति, कमजोरी, आलस्य तथा शिथिलता पनि भनिन्छ । कुनै काम गर्दा थाक्नु सामान्य लक्षण भए पनि जब त्यसले गम्भीर रूप धारण गर्दछ र लामो समय सम्म रहिरहन्छ त्यो बेला थकान एउटा समस्या का रूप मा खडा हुन्छ ।

यस्तो किन हुन्छ त ?

जब शरीर मा शक्ति क्षीण भएको महसूस हुन्छ तब दैनिक शारीरिक या मानसिक काम सम्पन्न गर्न पनि कठिनाई महसूस हुन्छ । थकान का कारण काम गर्न र परिवार सँग रमाउन जाँगर चल्दैन । कहिलेकाहीं थकान र कमजोरी कुनै रोग का कारण जन्मिएको हुन सक्ने भएकाले त्यसको निदान र समाधान आवश्यक हुन्छ ।

थकान का कारणहरु :

१) अनियमित जीवनशैली का कारण थकान तथा कमजोरी भएको भए त्यो उति चिन्तनीय होइन । जीवनशैली को सुधार सँगै थकान को समस्या को निराकरण हुन्छ । केही व्यक्ति मा मात्र यो एउटा उपचार गर्नुपर्ने समस्या का रूप मा देखिने गरेको छ । नत्र भने यो शारीरिक भन्दा पनि एउटा मानसिक समस्या हुन सक्छ ।

२) मनोवैज्ञानिक र मनोसामाजिक : हाम्रा दैनिक क्रियाकलाप मा कतिपय तनाव उत्पन्न गर्ने कुराहरु ले थकान को अनुभव गराउन सक्छन्, जस्तो कि चिन्ता, घाटा, वियोग, काम का मुद्दाहरु, पारिवारिक समस्या, वातावरण मा परिवर्तन, जीवन निर्वाह को अवस्था आदि ।

३) शारीरिक क्रियाकलाप तथा जीवनशैली : धुम्रपान, रक्सी सेवन, अल्पाहार र राम्ररी सुत्न नपाउने अवस्था ले पनि थकान को जन्म हुन्छ । गर्भावस्था मा हुनु, बच्चा लाई स्तनपान गराउनु, बढ्ता मोटो हुनु, बढी परिश्रम गर्नु ले पनि थकान को महसूस हुन सक्छ ।

४) भौतिक : धेरैजसो चिकित्सकीय अवस्थाहरु ले पनि थकान को महसूस गराउँछन् । क्यान्सर, रक्ताल्पता, ज्वरो, मुटु को खराबी, श्वासप्रश्वास मा समस्या, हाड तथा जोर्नी सम्बन्धी समस्या, खानपान मा समस्या, कुपोषण इत्यादि थकान अनुभव गराउने कारकहरु हुन् । कतिपय रोगहरु मा प्रयोग गरिने केही औषधिहरु ले पनि दुष्प्रभाव का रूप मा कमजोरी गराउँछन् । जस्तो कि क्यान्सर मा, उच्च रक्तचाप मा, एलर्जी आदि मा दिइने औषधिहरु ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal

के म अष्ट्रेलियाको यात्रा गर्न सक्छु?

enepal

अष्ट्रेलिया बासस्थानका लागि किन लोकप्रीय छ, यस्तो छ रोचक तथ्यहरु

enepal

सन् २०२१ को शीर्ष २० सबैभन्दा महँगो शहरहरूको सोर्हौ स्थानमा पर्यो मेल्बर्न

enepal