काठमाडौँ, जेठ-७। आज मात्र नेपालमा आठ हजार ६ सय ७ जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर २३ हजार २ सय २६ वटा नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।
आज थपिएका संक्रमित सहित नेपालमा कुल संक्रमितको संख्या चार लाख ९७ हजार ५२ पुगेको छ। त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख १६ हजार १ सय ९२ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले संस्थागत आइसोलेसनमा सात हजार ६ सय ९७ जनाको उपचार भइरहेको छ । भने एक हजार ७ सय १६ जना आईसीयू र ५ सय ११ जना भेन्टिलेटरमा उपचाररत रहेका छन।
त्यसैगरी गत २४ घण्टामा कोरोना संक्रमणबाट १ सय ७७ जनाले ज्यान गुमाएका छन। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण बाट ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको छ। त्यस्तै आज मात्र देशभर ७ हजार ८ सय ९० जना संक्रमणमुक्त भएका छन् ।

