eNepal

जानिराख्नुस! कुन समयमा दहि खादा हानीकारक ?

एजेन्सी। दही स्वास्थ्यको लागि एकदमै फाइदाजनक चीज हो। दहीमा भरपुर मात्रामा क्याल्सियम हुन्छ जसले दाँत तथा मांशपेशीमा रहेका हड्डीहरुलाई बलियो बनाउनुका साथै पाचन प्रक्रियालाई समेत स्फूर्त बनाउने काम गर्दछ।

खासमा दूधको उपयुक्त विकल्‍प दहीलाई नै मान्‍ने गरिन्छ। नियमित दही खानाले रोगप्रतिरोधात्म क्षमता बढ्‍ने र पेटलाई शीतलता प्रदान गर्दछ।तर दहीलाई सेवन गर्ने समय मिलेन भने मानिसको स्वास्थ्यमा हा’नी समेत पुर्‍याउने आयुर्वेदका विज्ञहरुले बताएका छन्। उनीहरुले दहीलाई जुन रुपमा खाए पनि ताजा खान सुझाव दिएका छन्।

आयुर्वेदका अनुसार दही स्वादमा अमिलो हुने भएकाले राति मानव स्वास्थ्यको लागि खराब हुन सक्छ। किनकी राति दही खानाले शरीरमा कफलाई बढ्‍न मद्दत गर्दछ। यसका साथै दिन ढल्दै गएपछि शरीरको पाचन शक्ति कमजोर हुँदै जान्छ र दही पचाउन लामो समय लाग्छ।

आयुर्वेदका अनुसार दही दिउँसो २ देखि ३ बजेसम्‍म मात्रै दही खानु उपयुक्त मानिन्छ। यसकारण खाली विहान पेटमा दही खाएमा अल्‍सर, एसिडिटी, हात खुट्टा दुख्‍ने, आँखामा दुख्‍ने समस्या निको भएर जान्छ।

यदि रातिको समयमा दही खानु नै तपाईको बानी परेको छ भने दहीमा मेथीको धुलो र कालो खोर्सानी मिलाएर खानु राम्रो हुन्छ।दहीमा उच्‍च मात्रामा प्रोटीन, क्याल्सियम, फस्फोरस, जिंक, पोटासियम, म्‍याग्‍नेसियम पाउनुका साथै यसमा ओमेगा ३ र ओमेगा ६ फ्याटी एसिड समेत रहेको हुन्छ।

दही कुन कुन समयमा खानु हा’नीकारक ?

दहीलाई रातमा मात्र होइन वसन्त र सर्दीको सयमा समेत खानु हुँदैन। यो मौसममा दहीको से’व’नले शरीरको मांशपेशी तथा नशामा रोकावट आउनुका साथै नर्भ सिस्टममा समस्या आउँछ। जसले शरीरमा आलस्यता, थकान, अनिद्रा, कमजोरी तथा विभिन्‍न रोगले समात्‍ने सम्भावना बलियो हुन्छ।

– तौल बढ्‍ने सम्भावना हुन्छ।

– राति दही खानाले रुखाखोकी, घाँटीमा समस्या आउछ ।

-पाचन प्रणालीलाई कमजोर बनाउँछ र रोग बढ्न सक्छ।

-दहीले राति कफलाई ह्‍वात्‍तै बढ्‍न मद्दत गर्छ।

-एलर्जी, उल्टी र अमिलो डकार आउने समस्या हुन्छ।

-मासुसँग दही कहिल्‍यै नखानुस।

-अमिलो दही तातो खानासँग कहिल्‍यै नखानुस।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal

के म अष्ट्रेलियाको यात्रा गर्न सक्छु?

enepal

अष्ट्रेलिया बासस्थानका लागि किन लोकप्रीय छ, यस्तो छ रोचक तथ्यहरु

enepal

सन् २०२१ को शीर्ष २० सबैभन्दा महँगो शहरहरूको सोर्हौ स्थानमा पर्यो मेल्बर्न

enepal