चितवन, जेठ-२। कहिलेकाहिँ पेट क’रा’एको महसुस गर्नुभएको होला । अक्सर धेरै बेर खालीपेट रहँदा वा ख’रा’ब खानपानका कारण पेट क’रा’उने गर्दछ।
मेडिकल भाषामा यसलाई बोरबोरिग्मी भनिन्छ । अन्य कारणभन्दा लामो समय भोको रह्यो भने तुलनात्मक रुपमा बढि पेट कराउने गर्दछ । तर किन कराउँछ पेट ? पेटले नियमित रुपमा हामीले खाएको खानालाई प’चा’उने काम गर्दछ । खाना पचाउन पेटलाई औसतमा ३/४ घण्टा समय लाग्दछ ।कतिपय अवस्थामा खानाको परीकारले यो समय हेरफेर हुनसक्छ । यस्तोमा हामीले धेरैबेरसम्म खाना नखादाँ पेट खाली भएको हुन्छ ।
जसका कारण खाना प’चा’उन पेट खु’म्चि’ने गर्दछ । तर खाली पेट भएको हुनाले केवल ग्याँ’स मात्र भेटिन्छ । र खाली पेटमा ग्याँ’स र पेटबाट नि’स्कि’एका पा’च’न रसबीच घ’र्ष’णले आवाज आउँछ । यसैलाई हामी पेट क’रा’एको भन्ने गर्दछौ ।
तर भोक लागेको हरेक पल्ट हाम्रो पेट कराउँछ भन्ने हुँदैन । भोक लाग्नुको अर्थ हो, शरीरले आवश्यक पोषण माग्नु । साथै भोकलाई नियन्त्रण गर्ने भाग हाम्रो मस्तिष्कमा रहेको हुन्छ । यस्तोमा हाम्रो शरीरमा पोषण कम हुने बित्तिकै पेट र आन्द्रामा विशेष संकेत पुग्दछ र हामीलाई भोक लाग्न थाल्छ ।
पेट क’रा’एको बेला पेट र आन्द्रा निकै सक्रिय हुन्छ । यस्तो बेलामा जे खाए पनि हतारहतार प’चा’उने कोसिस गर्दछन् । अर्थात पेट र आन्द्रा आफ्नो काममा सक्रिय हुन थाल्दछन् । यस्तो बेला खाना पूर्ण रुपमा न’प’च्न सक्छ । तसर्थ लामो समय भोको रहेपछि शुरुमा केहि स्वास्थ्य खानेकुरा खानु उपयुक्त हुन्छ ।

