eNepal

आज थप १६८ जनाले गुमाए ज्यान, यस्तो छ नेपालमा कोरोनाको पछिल्लो अवस्था

काठमाडौँ, बैशाख-२९। पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार ३६२ जनाको पीसीआर परीक्षण र ४२४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी ९ हजार ३०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकरी दिनुभयो।

त्यस्तै प्रवक्ता गौतमका अनुसार थप १६८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन। सोही अवधिमा ४ हजार ४४४ जना संक्रमित निको भएका छन्।

यो पनि पढ्नुहोस:- आज मात्र काठमाडौं उपत्यकामा ३ हजार ९ सय २४ कोरोना संक्रमित थपिएका छन।

काठमाडौंमा ३२ सय ५०, भक्तपुरमा २२६ जना र ललितपुरमा ४४८ जना गरी ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal