काठमाडौँ, बैशाख-२४। पछिल्लो २४ घण्टामा मात्र नेपालमा ९ हजार १ सय ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितसँगै कूल संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ जना पुगेको छ। त्यस्तै हालसम्म सक्रिय संक्रमितको संख्या भने ७८ हजार ६२९ पुगेको छ भने पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना निको भएका छन्।
आज ५० जनाको मृत्यु भएको छ। यो संगै मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ।

