एनआईबिएल एस क्यापिटलले म्युचुअल फण्ड निस्कासन गर्ने भएको छ।
क्यापिटलले एनआईबिएल समृद्धि फण्ड २ नामको नयाँ म्युचुअल फण्ड बैशाख १३ गतेबाट निस्कासन तथा बिक्रि खुल्ला गर्ने भएको छ । एनआईबिएल समृद्धि फण्ड २ , १० वर्षको अवधि सम्म संचालनमा रहने र रु १ अर्ब २० करोडको बराबरको इकाई बिक्रि गरिने छ।
प्रति इकाई मूल्य रु १० दरको १२ करोड इकाई मध्ये बीज पूँजी बापत १० लाख इकाई योजना ब्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरिनेछ ।
यो फण्डमा लगानी गर्ने लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा बैशाख १६ गते हुनेछ भने ढिलोमा बैशाख २७ गते हुनेछ।
यो इकाई खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा तथा सि आस्वा सेवा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

