eNepal

अहँ हामी कहिल्यै सचेत भएनौ

लेख्न मन नलागी नलागी लेख्न बिवश भए।कति ठुलो सपना बुनेर बिदेश हानिन्छौ।घर परिवारको काख अनि गाउँ घरको मायाँ। आउने सबै सुन्दर भविस्य कोर्नलाई नै हो।आफ्नो जिवनलाई सफल बनाउननै परदेशीने हो। केहीलाई रहर होला परदेशीनुमा तर अक्सर परदेशीनु बाध्यतानै हो।

नयाँ देशसँगै त्यहाँको परिवेशसँग बिस्तारै मितेरी गाँस्दै जाँदा आफुले गरेका उट्फट्याङ काम परदेशमा पनि गर्न मन लाग्नु स्वभाबिकै हो।किन की देशपो परिबर्तन भएको हो त मन, बानी, शैली र ढङ्ग परिबर्तन गर्न धेरै गार्हो हुँदो रहेछ।के भन्ने खै खान्दानी परम्परा या नानी देखी लागेको बानी।

थाहा छ गर्न हुन्न तर त्यहि नगरि चित्त नबुझ्ने आफ्नो रमाईलो गर्ने बानीले कतिखेर कहाँ आफ्नो जिन्दगीलाई समाप्त पार्छ थाहै हुन्न।भन्छन् नि काल कहिल्यै बाजा बजाएर आउदैन रे।तर के गर्नु कालले कुत्कुताए पछि कस्को के नै पो लाग्दो रहेछ।

नेपालका नदीमा खेलेको पौडी जस्तो हुँदैन त्यो काल रुपी समुन्द्र तटमा खेलेको पौडी।पानीको बेग र सामुन्द्रीक करेन्टले कति खेर सोरेर लान्छ थाहा पत्तो पाईन्न तर त्यहि समुन्द्रमा गएर नचोबली बिदेश आएको आभाष हुँदैन।

समाचार आउँछ समुन्द्रमा डुबेर फलानोको मृत्यु।सबैले RIP लेख्छन्।फेसबुक भरिन्छन् समाचार र श्रदा शुमनले। आखिरी कहिले अन्त्य हुने यस्तो घटना।हामी किन बेलैमा सचेत नहुने।रमाईलोको लागि के समुन्द्रमा गएर पौडीनै खेल्न पर्छ।एकछिनको रमझममा आफ्नो अमुल्य जिन्दगीलाई किन बाजीमा राख्ने।

खुल्ला बाटो छ सयको स्पीड लिमीट छ तर जोशमा लिमीट क्रस गर्छौ अनि दुर्घट्नामा पर्छौ।ट्रेनको सिटमा खुट्टा राख्नु हुँदैन, थाहा छ तर कसैले देखेको छैन भनेर खुट्टा तेर्साउछौ त्यो पनि नेपाली पारामा अनि छेउको सिभीलमा बसेका मामाले ठाउँको ठाउँ फाईन भिराउँछन्।दिन भरीको कमाई त्यसैमा जान्छ।कत्ति नरमाईलो।

नेपालमा गरेको दादागिरीको भुत यता नि चड्छ।त्ससै जोशमा आफु कहाँ छु र त्यहाँको कानुननी ब्सबस्था कस्तो छ, थाहा हुँदा हुँदै बिर्सन्छौ आफ्नो धरातल अनि बजाउछौ अरुलाई त्यो पनि सिसिटीभी अगाडी।अनि पुलीसले समाए पछि रुवाई कराई गर्छौ माफी माग्छौ।

यस्ता घटनाहरु फेरी नदोहोरिउन भनेर समाजका अगुवाहरुले चेतनाका कार्यक्रमहरु गर्छन् तर त्यसलाई बेवास्ता गर्छौ।कानुनलाई उलङ्घन गर्छौ।एकछिनको जोशमा होश गुमाउँदा आफ्नो अस्तित्वलाई सधैको लागि निमीट्यान्न पार्छौ।फन्दामा पर्छौ अनि कठैबरामा गएर आफ्नो जिन्दगीलाई टुङ्ग्याउँछौ।अनि फेरी अर्को ताजा समाचारको पात्र बन्छौ।परिवारलाई बज्रपातको खबर सम्प्रेसण गर्छौ।अकल्पनिय घटना भनेर समबेदना प्रकट गर्छौ तर अहँ हामी कहिल्यै सचेन बन्दैनौ।भोलीबाट फेरी लाशको लागि पैसा उठाउँछौ।आखिरी यो सब कहिले सम्म???

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal