eNepal

१ अर्ब ५ करोड बराबरको आइपियो निस्कासन हुदै , कहिले होला त निस्कासन ?

 

साहस उर्जाले प्रभावित र सर्वसाधारणका लागि आइपियो निस्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

कम्पनी प्रभावित र सर्वसाधारणलाई गरेर १ अर्ब ५ करोड रुपैयाँको प्राथमिक सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।

कम्पनीले सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना ८६ मेगावाटको निमार्ण गरिरहेको छ । परियोजनको काम ५७ प्रतिशत भन्दा बढी सम्पन्न भएको कम्पनीले जनाएको छ ।सेबोनको पाइपलाइनमा रहेको यो कम्पनीको छिटै निस्कासन हुने संकेत देखिन्छ। सो कम्पनीले ८६ मेगावाटको सोलुखोला (दुधकोशी) जलविद्युत् आयोजना निर्माणमा लगानी जुटाउन आईपीओ निष्कासन गर्न लागेको हो ।सो आयोजनाको लागत ११ अर्ब ८६ करोड रुपैयाँ अनुमान गरिएको छ ।

कम्पनीले इक्रा नेपालबाट बी प्लस आईपीओ रेटिङ पाएको छ । यो रेटिङलाई औसत मानिन्छ । अहिले आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत रहेको कम्पनीले जनाएको छ । भौतिक प्रगति ५० प्रतिशत पूरा भएपछि मात्रै आईपीओ निष्कासन गर्न पाइने व्यवस्था अनुसार यो प्रगति हासिल भएपछि कम्पनी आईपीओ प्रक्रियामा अघि बढेको हो ।

कम्पनीले सर्बसाधारणलाइ प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ( सेबोन ) मा निवेदन पेस गरेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन ) ले अनुमति दिए लगतै सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारि रहेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन )ले पाइपलाइनमा रहेका सबै कम्पनीलाई एक एक गरि सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने अनुमति दिदै आएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal