eNepal

रुरुको आइपियोमा माग भन्दा ६२ गुणा बढी आवेदन , पर्ने सम्भावना कति ?

 

रुरु जलविद्युत परियोजनाले सर्बसाधारणलाई निष्काशन दोस्रो चरणको आईपिओ ( IPO )मा मागभन्दा बढी आवेदन परेको छ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार सोमबार साँझसम्ममा १६ लाख ६९ हजार १९ आवेदनबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले सर्वसाधारणमा विक्रीमा ल्याएको शेयरको ६१.६८ गुणा धेरै हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गर्न लागेको हो।कम्पनीले निस्कासन गर्ने कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता ८ हजार १ सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई, र २० हजार ३ सय ८५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको छ । बाँकि रहेको ३ लाख ७९ हजार १ सय ६७ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

रुरु जलविद्युत

लगानीकर्ताको संख्या धेरै भएको हुदा आवेदन पनि माग भन्दा धेरै नै पर्ने सम्भावना रहेको हुदा गोलापर्थाबाटनै बाडफाड हुने छ।  त्यस कारण १० कित्तानै आवेदन दिदा उचित हुने छ।  बढीमा तपाइले २० कित्ता आवेदन दिदा पनि फरक भने पर्दैन।


आइपियो

कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा यी शेयर बिक्रि गर्ने भएको छ  । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्ढाहरूको लागि निष्काशन गरिएको साधारण शैयरको बाँडफाँड तथा फिर्ता भुक्तानी गरिसकेको छ।आइपियो

आयोजनाबाट प्राप्त हुने आयमा १० बर्ष (आ.व. २०८१/२०८२ सालसम्म) आयकर छुट तथा सो पश्चात्‌ ५ वर्षको लागि ५० प्रतिशत आयकर छुट प्राप्त भएको हुँदा लाभांश दर बढी रहेको कम्पनीले जनाएको छ । कम्पनीसंग दक्ष युवा जनशक्ति रहेकोले यो कम्पनी नेपालमा जलविद्युत आयोजनाको विकास र मिर्माणको काममा सफल साथै जलविद्युतको क्षेत्रमा अध्ययन अनुसन्धान तथा विकास कार्यमा योजनाबद्ध ढंगले समर्पित भएर काम गरिरहेको यस कम्पनीको भविष्य उज्ज्वल रहेको कम्पनीले जनाएको हो।

आइपियो

रू रू जलविद्युत परियोजना लिमिटेडको आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका स्थानीय बासिन्दाहरूलाई रू.१००|- अंकित दरका ४,०७,७०५ कित्ता साधारण शेयरहरू एनएमबि क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मिति २०७७/११/०७ गतेदेखि मिति २०७७/११/२१ गतेसम्म बिक्री खुल्ला गरिएकोमा सो अवधी भित्र रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बाँडफाँड सम्बन्धी प्रचलित कानून बमोजिम उक्त कम्पनीको ४,०७,७०५ कित्ता साधारण शेयरहरू मिति २०७७/१२/९ गते सोमबार बाँडफाँड गरेको छ ।

आइपियो

कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड–३ रेटिङ प्रदान गरेको छ ।कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।[embedyt] https://www.youtube.com/watch?v=Re4sBYin24k[/embedyt]

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal