eNepal

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ सम्पन्न भएको छ । बुधबार र बिहीबार चलेको ‘ड्रिम राउन्ड’मा ३६ जनाले आफ्नो व्यावसायिक योजना सुनाएका थिए ।

चारवटा विधामा आइडियटरलाई आफ्नो आइडिया प्रस्तुत गर्ने अवसर दिइनेछ । स्टुडियोले सम्बन्धित क्षेत्रका विज्ञहरूबाट सहभागीलाई व्यावसायिक तालिम पनि दिनेछ ।

एपीवान टेलिभिजनको कार्यालयमा खिचिएको ड्रिम राउन्डमा ६३ वर्षीय प्रेम प्रजापतिलले सुनाएको सेरामिक उत्पादन र मोरङका कमला राईले गरेको पर फार्मिङको आइडियालाई सबैले चासो देखाएका थिए । यस्तै १७ वर्षका एक युवाले आफ्नै कलेज एपको आइडियाले पनि सबैको मन जितेका थिए ।

ड्रिम राउन्डमा रोल्पा, झापा, बुटवल, मोरङ, वीरगन्ज, बारा, पर्सालगायत जिल्लाबाट सहभागी रहेका थिए । ड्रिम राउन्डमा सहभागीहरुलाई अब व्यापार, व्यावसायिक परामर्श तथा तालिम दिनेछ । साथै उद्यमशीलताको बुथ क्याम्प पनि सञ्चालन भइरहेको छ ।

निर्णयकहरुमा आइडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा, डब्लूडब्लूएफका राष्ट्रिय प्रतिनिधि घनश्याम गुरुङ, प्रभु बैंकका डेपुटी सीईओ मणिराम पोख्रेल, बिजनेस चिफ अफिसर रेनु पाण्डे र गायिका आनि छोइङ डोल्मा रहेका थिए । सो कार्यक्रम एपीवान टेलिभिजनमा प्रसारण हुनेछ ।

तालिमपछि चारवटा विधामा उत्कृष्ट आइडिया प्रस्तुत गर्ने चार प्रतिस्पर्धीलाई ५ लाख बराबरको लगानी पाउन योग्य हुनेछन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal