eNepal

न्याभ कप क्रिकेटको फाईनल १२ मार्चमा, उपस्थितीको लागि सबैलाई आग्रह

नेप्लिज एशोसिएसन अफ भिक्टोरीया (न्याभ)ले आयोजना गरेको न्याभ कप क्रिकेटको बार्हौ सँस्करणको अन्तिम खेल १२ मार्चमा मेल्बोर्नको टि डब्लु ब्लेर पार्क प्रेस्टोनमा हुने भएको छ।यस प्रतीयोगीतामा हिमालय क्लब, नरे किङ्गस् क्रिकेट क्लब, सगरमाथा स्टार्स, सगरमाथा रेनीग्रेड्स, गोर्खाली क्रिकेट क्लब, नेपालय क्रिकेट क्लब र ईस्टर्न ब्लुज समुहको सहभागीता रहेको थियो।गत आईतबार भएका खेलहरुमा क्रमशः हिमालयन हुरिकेनले ईस्टर्न ब्लूजलाई, सगरमाथा स्टार्सले नेपालय राइनोजलाई र सगरमाथा रेनेगेड्सले नरे किंग्सलाई हराउँदै जित हाँसिल गरेका थिए।आईतबारको खेलमा म्यान अफ द म्याच भने हिमालय हुरिकेनका रोशन पौडेल, सगरमाथा स्टार्सका भरत तिवारी र सगरमाथा रेनेगेड्सका राजकुमार गुरुङ भएका थिए।

एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको मुख्य प्रायोजन रहेको क्रिकेट प्रतियोगितामा बिजेता टिमले नगद एकहजार डलर,प्रमाण पत्र र कप पाउने छ भने दोस्रो बिजयी समुहले नगद पाँच सय डलर हात पार्ने छ।

यस प्रतीयोगीताको अन्तीम खेललाई अझ बढि रोमान्चकारी बनाउन सुरुमा साना बालबालिकाको खेल अनि त्यसपछि महिलाहरुको “सुपर सिक्स ” क्रिकेट खेलका साथै साथै ३५ वर्षभत्दा माथि उमेर समूहका व्यक्तिहरुको “सुपर टेन” सिनियर क्रिकेट प्रतियोगिता हुने न्याभका उपादक्ष एवम् खेल संयोजक तारा गैरेले बताउनु भएको छ।सबै मेल्बोर्न बासी खेलकुद प्रेमीहरुलाई यस अन्तिम खेल हेर्नको लागि हार्दीक आमन्त्रण गर्दै खेलाडीहरुलाई थप हौसल्ला र मनोबल बढाईदिन अनुरोध गर्नु भएको छ।

त्यसै गरेर न्याभले आगामी अप्रिलको एक र दुई गते इस्टर्न वारीयर स्पोर्टिङ क्लबसँग मिलेर छैठौ भिक्टोरियन ब्याड्मिन्टन प्रतीयोगीता आयोजना गर्ने भएको छ।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

enepal