सेवा नै धर्म हो हामी सेवा गर्छौ मुल मन्त्र बोकेको लायन्स क्लब अफ डाँफेले भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका-६ स्थिति नगरकोटमा रहेको श्री गडगडे आधारभुत बिधालयलाई शैक्षिक सामाग्री न्यानो कपडा तथा खेलकुदका सामाग्री बितरण गरेको छ । क्लब स्थापनाकाल देखी नै विभिन्न सामाजिक उत्तरदायित्व गर्दै आएको क्लबले स्वास्थ जनचेतना , रक्तदान तथा यस्तै सामाजिक काम गर्दै आएको क्लबका पेसिडेन्ट पध्मा पुडासैनीले बताउनु भयो । शनिबार श्री गलगडे आधारभुत बिद्यालयका प्रधानाध्यापक , चागुनारायण नगरपालिका -६ का वडा अध्यक्षको उपस्थितमा बिद्यालय प्राङगणमा आयोजित एक समारोहमा लायन्स क्लब अध्यक्ष, सम्पूर्ण पदाधिकारी लगाएतले करिब एक सय जना बिद्यार्थीलाई पुग्ने शैक्षिक सामाग्री न्यानो कपडा तथा खेलकुदका सामाग्री बितरण गरेका हुन् । कार्यक्रममा करिव बयानब्बे जना बिद्यार्थीको उपस्थित थियो।
क्लबले स्थापनाकाल देखि बिभिन्न समयमा विभिन्न बिद्यालयमा गइ अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण, स्टेशनरी साथै खेलकुदका सामाग्री बितरणका कार्यहरु गर्दै आईरहेको छ । न्यानो कपडा बितरण समारोहका प्रमुख अतिथिले लायन्सले गर्ने मानविय सेवा कार्य अर्न्तर्गत दुर दराजमा रहेका सर्बसाधारण जनताका घर आँगनमा सञ्चालित सामुदायिक बिधालयमा स्तरिय सुविधा सम्पन्न पुस्ताकालय सञ्चालन एवं बिद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार छात्राछात्रलाई न्यानो कपडा बितरण गरि समाजको चेतनाको स्तरलाई उकास्न ग्रामीण बस्तीहरुका बिद्यालय र समुदायमा शैक्षिक समाग्रीहरु बितरण गर्नु रहेको बताउनु भयो।
उक्त कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष तथा शिक्षक लगायतले यसरी क्लबले सहयोग गरेकोमा क्लबलाई धन्यवाद दिएका थिए। साथै बिद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार छात्राछात्रलाई न्यानो कपडा बितरणका साथैे बिधालयहरुमा स्तरिय पुस्ताकालाय सञ्चालन गरेर समग्र समाज प्रति अतुनिय कार्य गरेको बताउदै लायन्सको यस सहयोगको उचित र ब्यवस्थित ब्यवस्थापन गरि आकर्षक पुस्ताकालय बिस्तारमा लाग्ने बताए ।
लायन्स क्लब अफ डाँफेका पेसिडेन्ट पध्मा पुडासैनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्सका भाइस गभर्नर कर्मा गुरुङ, क्लबका सस्थापक पेसिडेन्ट निवर्तमान पेसिडिन्ट लगायत पदाधिकारी लगायतले आ–आफ्नो भनाई राख्नु भएको थियो । सामाजिक बिकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने बिषयलाई ध्यानमा राखी क्लबले स्थानिय श्रोत र साधनको अधिकतम परिचालनबाट सामाजिक सेवाका कार्यलाई अगाडि बढाउदै आईरहेको क्लबका पदाधिकारी तथा यस कार्यक्रममा संयोजक बच्चुराम शर्मा कुइकेलले जानकारी गराउनु भयो।
हिजै क्लबले दोश्रो कार्यक्रम अन्तर्गत आफ्ना सम्पूर्ण पदाधिकारीलाई एकै ठाउँमा बसेर रिफ्रेसमेन्ट बनाउनका लागी टिममा खाना खाने, नाचगान गर्ने कार्यक्रम जर्सिङ्ग पौवामा आयोजना गरेको थियो। यस्ता कार्यक्रमले क्लब भित्र रहेका पदाधिकारीमा आत्मीयता राम्रो हुने थप सामाजिक काम गर्न हौसला मिल्ने क्लबका पदाधिकारी श्याम मान्धरले बताउनु भयो।



































