eNepal

रोटरी क्लब अफ बौद्धले आज बौद्ध स्तुपा परिसरमा नियमित रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं – रोटरी क्लब अफ बौद्ध रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ नेपाल\ भुटान क्लब आइडी ९०२३३ अन्तर्गत विभिन्न सामाजिक काम गर्दै आएकोमा नियमित रक्तदान तथा स्वास्थ सचेतना कार्यक्रम आयोजना सम्पन्न गरेको छ। विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीक कारण अस्पतालहरुमा उपचारार्थ बिरामीहरुलाई रगत अभाबका कारण समस्या उत्पन्न नहोस भनेर आज पुस ३ गते शुक्रबार अर्थात् डिसेम्बर १८ गते बिश्व सम्पदा सुचिमा परेको बौद्ध स्तुपाको परिसरमा बिहान ९ बजे देखि २ बजे सम्म सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरि सुरक्षित तवरले कार्यक्रम सम्पन्न गरेको हो। उल्लेखनीय सहभागी भई रक्तदान गरेको आयोजकले जनाएको छ । रोटरी क्लबले प्रत्येक तीन तीन महिनाको अन्तरालमा रक्तदान कार्यक्रम गर्दै क्लबका पेसिडेन्ट डेन्डी शेर्पाले बताउनु भयो।

देश कोरोना भाइरसको महामारीसँग जुझिरहेको बेला थप एक संकट आइपरेको छः रगतको अभाव । कोरानाकै त्रासको कारण अस्पतालहरुमा रगतको अभाव हुन थालेको छ । कोरोभाइरसको सुरक्षाको निम्ति सरकारले सुरु गरेको लकडाउन पश्चात् सम्पूर्ण रक्तदान कार्यक्रमहरु स्थगित थिए।अहिले केही संघ संस्थाले रक्तदान कार्यक्रम फेरी सुरुवात गरेका छ्न। यसैबीच रगतको अभावको समाधान खोज्ने दृष्टिकोणले रोटरी क्लबले संक्रमणको जोखिमलाई विशेष ध्यान दिई सुरक्षित तरिकाले यस रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रोटरी क्लबले यस रक्तदान कार्यक्रमको आयोजनाबाटै मानिसहरुमा रहेको रक्तदान प्रतिको गलत विचार तथा भ्रम हटाई नयाँ रक्तदाताहरुलाई प्रोत्साहित गर्न प्रयास गरेको देखिन्छ । मानिसहरूमा अझ पनि रक्तदानबारे जोडिएका अन्धविश्वास छन् जसका कारण उनीहरू खुलेरै रक्तदान गर्न हिच्किचाउँछन् ।

एक सर्वेक्षणअनुसार शाकाहारी मानिसले रक्तदान गर्नु हुँदैन भन्ने भ्रम पाइएको छ । ट्याटु र अंग छेड्नेहरुले रक्तदान गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि रहेको पाइन्छ रु त्यसैगरी रक्तदान गरेपछि शरीरको रगत सकिन्छ आदि लगायतका गलत विश्वास पनि मानिसहरुमा रहेको पाइन्छ । वास्तवमा यी सबै निराधार हुन् ।

मानिसले बुझ्नु पर्ने कुरा के भने यदि तपाईँ पूर्ण रुपमा स्वस्थ हुनुहुन्छ, शरीरको तौल कम्तिमा ४५ किलो वा माथी छ र तपाईँको उमेर १८ वर्ष नाघिसकेको छ साथै एच आई भि जस्ता जटिल रोगहरुको इतिहास छैन भने तपाईँ निर्धक्क भएर रक्तदान गर्न सक्नुहुन्छ ।

रोटरी क्लबले कार्यक्रमको अन्त्यमा उपस्थित सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै आउँदा दिनहरुमा पनि फेरि यस किसिमको रक्तदान कार्यक्रम आयोजना गर्ने क्लब पेसिडेन्ट शेर्पाले जानकारी गराउनु भयो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal