eNepal

सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं : सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सञ्चारकर्मी लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले उल्लेख गरेका छन् ।

‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ,’ उनले फेसबुकमा लेखेका छन्–‘हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ ।

‘घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं,’ उनले भनेका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal