eNepal

एप्पल बयरको व्यावसायिक खेती गर्ने होकि एकपटक अध्यन गरौ

यो थाई बयर जसलाई कतिले थाई एप्पल बयर को रुपमा पनि चिन्ने गर्दछन । संसारमा थुइ प्रमुख : थाई र कश्मिरी बयर नै खेतीको लागि उत्कृस्ट बयर हो। गुलियो हुने प्रति फल १०० देखि १५० ग्राम सम्म हुने यो बयर हेर्दा हरियो स्याउ भन्दा फरक देखिदैन ,हुनत कश्मिरी बयर रातो रंगको हुदा रातो स्याउ जस्तो जात पनि देखिन्छ कश्मिरी जात को बयर रोपेको ६ महिनामा उत्पादन दिने र बर्षको २ चोटी सम्म फल लिन सक्ने हुदा आर्थिक उपार्जन को आधार नेपालमा पनि बन्न सक्छ कि ? प्राय डिसेम्बर देखि जनवरी फल्ने यो बयर रोपेको पहिलो बर्ष २५ देखि ३० के जी सम्म फल्ने र दोस्रो बर्ष ४० देखि ४५ के जी प्रति बोट सम्म फल्ने हुन्छ । यस किसिमको जात नयाँ भएको हुदा बिशेष त इंडियामा यसको खेति हालका दिन बढ्दै गइ राखेको छ।

अम्लीय माटो , प्रांगारिक प्रदार्थ कम भएको माटोमा समेत यसको खेति गर्न सकिन्छ , तापक्रम ज्यादा , शुष्क हावा ठाउमा यसको खेति राम्रो हुन्छ । यसको रोप्ने सिजन जुन देखि अगस्ट र डिसेम्बर देखि मार्च गरि २ मौसममा रोप्न सकिन्छ । भारतमा प्रति किलो ३५ देखि ७५ भारु होलसेलमा बिक्रि हुने यो बयर नेपाली बजारमा पनि फाल्गुन चैत्रमा ज्यादा देखिने हुन्छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal