साथीहरुले दुख छ भन्थे बिदेसमा ,मैले झपार्दै नेपाल फर्की न त भन्थे किनकी मैले त मात्र उस्ले घुमेको, खाएको , राम्राराम्रा फोटो मात्र देखेको थिए । मलाई लाग्यो आफुले टन्न डलर कमाएको छ, मैले पनि कमाउछु भनेर रिस गर्यो ।
न त त्यो साथीको लोन को बारे बुझे, न उस्को कलेज फी न उस्को काम को बारेमा नै थाहा थियो न त उस्को मिहेनत , देखे त केवल उस्ले मोज गरेको ।
आज थाहा भयो फोटो खिच्न पैसा नलाग्नी रैछ ,जताततै समुन्द्र रैछन गाडी जरुरी रैछ ,केएफसी , म्याकडोनाल्ड बाध्यता रैछ , आज भोगे अनि बुझे।
आफु आएको पनि दुइ बर्ष पुगेछ, घरमा मुस्किल सँग २ लाख पठाएको छु , आमा ले अस्ती एक नयाँ धोती फेरिन रे, गाउलेहरुले छोराले पैसा पठाएछ भने रे,अनी आमाले मन गरुङो बनाएर हो अस्ती मात्र ४ लाख पठायो भनेर तीनहरुको मुख टाल्छिन रे,
साहुहरु घर घेर्न आउछन रे, मेरी आमा कुना तिर लुक्छिन रे,
त्यो समाज को मुख टाल्न त परै जाओस , मलाई त साहु को रिन रिर्नै बर्सेनी लाग्ने देखियो ।
नेपालमा थोत्रो हिरो होण्डा थियो, ७ हजार को जगिर थियो, घर मा तेल र नुन र ग्यास धानेको थिए,
अब फर्केर फेरी तेही जगिर र थोत्रो होण्डा लिएर हिंड्न सक्दिन,
किनकी म त चुहिएको छानो टाल्न आएको यहाँ ।आमालाई जस्ता को सित बाट जोगाउँ भनेर अएको म त ।
म दुख छ भनेर फर्किदा आमा ले त बुझ्लिन्, तर त्यो समाज ले मेरी आमालाई तेरो छोरोले अष्ट्रेलिया गएर गरेको प्रगती यहि हो भनेर खिसी गर्दा मैले अफुलाई सम्हाल्न सक्दिन्। आफ्ना भनउदाले भोली गिजाउने छन मेरी आमालाई तेरो छोरो ले गरेको प्रगती यही हो ? अनि ति साहुको अगाडी मेरी आमा लुकेर कती दिन बच्लिन ।
दसौ बर्ष बिदेस बसी आफ्नो आमा बुवालाई साथ दिन स्वदेश नफर्केका सबै छोरा सायद पापी नहुन सक्छन्,
छानो टाल्नै पर्ने रहेछ, किनकी म चुहिएको छानो टाल्नै भनेर आएको हु । आफ्ना आमालाई त्यो तिखो बचनबाट जोगाउँनलाई म अझै फर्किन सक्दिन ,, सम्पती टन्न भएका त दुख छ भनेर फर्किन सक्लान्, तर हामी अरुको फोटो हेरेर, अरुले गरेको मोझ मात्र देखेर चुहिएको छानो टाल्न भनेर रिन काडि अएकाहरुलाई दुख छ भनेर फर्कन गाह्रो रैछ ।
बिदेश जानी रहर नै भएकाहरुको पनि स्वदेश फर्कने रहर हुदो रहेछ, जवनी यहि बेच्न बाद्य हुनुपर्नी रैछ , त्यसैले म अब गाली गर्दिन ति बिदेसिएकालाई, जो सायद स्वदेश फर्किने सपना देख्दै जवनी तेही बेच्दै छन्, पारिवर को फोटो च्यापेर समाज ले खिसी गरेको सुनेर पनि मौन बस्न बाद्य छन किनकी उ त चुहिएको छानो टाल्न आएको।
तेसैले म अब दुख छ भन्दिन किनकी म छानो टाल्न बिदेस बिदेश आएको ।
बिकल रिजाल
गल्ती लेखे माफी पाउ , जे भोगियो अनि देखियो , जे बुजियो तेही लेखियो । ।
I am not demotivation, you will reach your destiny for sure!

