eNepal

सुपर ओभरमा मुम्बईलाई पराजित गर्दै पन्जाबको १३औं संस्करणमा तेश्रो जित

एजेन्सी -इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो नवौं खेलमा किंग्स ११ पन्जाबले मुम्बई इन्डियन्सलाई दोश्रो सुपर ओभरमा पराजित गर्दै १३औं संस्करणमा तेश्रो जित हात पारेको छ ।

दोश्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको मुम्बईले ११ रन बनाउन सक्यो भने १२ रनको लक्ष्य लिएर ब्याटिङमा आएको पन्जाबले चार बल खेल्दै जित दर्ता गर्यो ।

पहिलो सुपर ओभरमा पन्जाबले पाँच रन मात्र बनाउन सक्यो भने पाँच रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको मुम्बईले पनि पाँच रन नै बनाउंदा खेल दोश्रो सुपर ओभरमा पुग्यो ।

जितका लागि १७७ रनको चुनौती लिएर ब्याटिङ गर्न आएको पन्जाबले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १७६ रन बनाउन सके पछि खेल सुपर ओभरमा गएको हो ।

पन्जाबको लागि कप्तान केएल राहुलले सर्वाधिक ७७ रन बनाए । ओपनिङमा आएका राहुल १७ दशमलब तीन ओभरमा जस्प्रित बुम्राको बलमा बोल्ड हुनु अघि ५१ बलको सामन गर्दै सात चौका र तीन छक्का प्रहार गरे । आजको खेलमा राहुलले यस सिजन आफ्नो व्यक्तिगत रन संख्या पनि पाँच सय कटाए ।

राहुल पेभेलियन फर्किंदा पन्जाबलाई जितका लागि १५ बलमा २४ रन आवस्यक रहेको अवस्थामा दिपक होडा र क्रिस जोर्डनले छैठौं विकेटका लागि मात्र २३ रन जोड्न सक्दा खेल सुपर ओभरमा गयो । अन्तिम बलमा दुई रन चाहिए पनि आठ बलमा १३ रन प्रहार गरेका जोर्डन रन आउट हुँदा पन्जाब रोमान्चक जित दर्ता गर्नबाट बन्चित रह्यो । अविजित रहेका होडाले १६ बलमा २३ रन बनाए ।

पन्जाबका अन्य ब्याट्सम्यानमा मायंक अगरवाल ११, क्रिस गेल २१ बलमा २४ रन, निकोलस पुरण १२ बलमा २४ रन, ग्लेन म्याक्सवेल दुई बल खेल्दै डक आउट भए ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal