eNepal

काठमाडौको ग्रीनहिल सिटि नजिकै बुद्ध चोक कागेश्वरी मनोहरामा खुल्यो सस्तो किराना पसल

काठमाडौं -चाडपर्व नजिकिए सँगै काठमाडौमा सुपथ मुल्यका पसलहरु खुल्न थालेका छन् । ग्राहकको मागलाई मध्यनजर गर्दै विभिन्न कम्पनी हरुले दशै तिहार अफर सहितका नयाँ योजना बजारमा ल्याएका छन् ।

यसैबीच काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका वडा ८ बुद्ध चोक स्थिति सिन्धु ए एन्ड के सप्लार्यस प्रालि सस्तो किराना पसल शुभारम्भ गरिएको छ । सिन्धु ए एन्ड के सप्लार्यसले घटस्थापनाको अवसर पारी विभिन्न ब्रान्डका दैनिक उपभोग्य खाध्य,पेय पदार्थ तथा कस्मेटिक सामाग्रीहरु छुट मुल्यमा बिक्री गर्न थालेको छ । यो सस्तो पसल ग्रिनहिल सिटि जाने बाटो नजिकै मुन राइज रेस्टुरेन्ट नजिक बुद्ध चोक स्थिति अवस्थित छ।

सिन्धु ए एन्ड के सप्लार्यस प्रालिको एक समारोहका बीच घटस्थापनको दिन पसलका संचालक प्रकाशराज गिरीले उद्घाटन गर्नुभएको छ ।उटघाट्नको दिन बुद्ध प्रकाश स्कुलका प्रिसिपल अशोक कुमार दाहाल र समाजसेवी गोरे तामाङको उपस्थिति थियो। उहाँहरुले युवाहरूको जोस जागरमा नयाँ तरिकाबाट संचालित पसलले अवश्य सफलता हासिल गर्ने बताउनु भयो। संचालक गिरीले सिन्धु ए एन्ड केले छिट्टै सफलताको शिखर चुम्ने बताउनु भयो। अहिलेको समयमा किराना पसल गर्ने पुरानो परिपाटीभन्दा भिन्न तरिकाबाट जागरुक युवा सहभागीतामा संचालित यो सस्तो किराना पसल हो। जागरुक युवा सहभागितमा संचालन भएको पसल हुँदा ग्राहकले छिटो छरितो सेवा उपलब्ध पाउनेछन् । अरु थप संचालकको ब्यबस्थापनमा बिशाल गिरी ,कुमारी पुरि र सुनिल गिरी रहनुभएको छ। विभिन्न ब्रान्डका उपभोग्य सामग्री छुट सहित बिक्रीवितरण गर्ने सस्तो किराना पसल उपभोक्ताको रोजाईको पहिलो पसल हुने संचालक भनाई छ। नेपालमा विभिन्न पेसा गर्दै आउनुभएका गिरी द्वारा संचालित यस पसलमा दैनिक उपभोग्य ,पेय पदार्थ तथा कस्मेटिकका सामाग्री पाईन्छ । अन्य ठाउँमा भन्दा सस्तो मुल्यमा सामाग्री उपलब्ध गराउने उहाले जानकारी गराउनु भयो। उपभोक्ताको सेवालाई मध्यनजर राख्दै घरघरमा सेवा पुर्याउने उहाले बताउनु भयो। आवस्यक सामाग्री चाहिएमा फोन ९८४५९९३३४५,९८४९०२५२१,९८२३३५३३२० मा सम्पर्क गर्न सक्नुहुनेछ। उपभोक्ताहरु लाई कम्पनी द्वारा कायम उपभोक्ता मुल्यमा समेत भारी छुटका साथ सामान बिक्री गरेको सस्तो किराना पसलका व्यबस्थापक प्रकाश राज गिरीको भनाइ छ।

सस्तो किराना पसल सुरुवात सँगै पसलमा ग्राहक हरुको भिड लाग्न थालेको छ । कोभिड १९ का कारण सामान खरिदमा ठगिदै आएका उपभोक्ताहरुले सस्तो किराना पसल संचालनले थोरै राहतको अनुभुती गरेका छन् ।

सस्तो किराना पसले आफ्ना ग्राहक हरुलाई तापक्रम नापि,माक्र्सको प्रयोग गर्नुका साथै सेनिटाईजर गरि सामाजिक दुरी कायम राखि सामान बिक्रीवितरण गर्ने जनाएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal