eNepal

हिन्दू नेपालीहरुको महत्वपूर्ण पर्व वडा दसैं आज बाट सुरु:आज घटस्थापना

काठमाडौं -हिन्दू नेपालीहरुको महत्वपूर्ण पर्व वडा दसैं आज (शनिबार) बाट सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ वडा दसैं पर्व मनाइन्छ।

वडा दसैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। आज घटस्थापना गर्ने शुभसाइत बिहान ११ बजेर ४६ मा रहेको पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए।

यस वर्ष शुभसाइतमा हनुमानढोका दरबारमा रहेको दसैं घरमा घटस्थापना गरिने भएको छ।

दसैंमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजाआराधना गरिन्छ। बिहान नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजाकोठामा विधिपूर्पक राखेर त्यसमा जौ, धान र मकै छरेर जमरा राख्ने गरिन्छ।

यस वर्ष कोभिड–१९ महामारीका कारण दसैंमा विगत वर्ष जस्तो रौनक र उत्साह छैन। सरकारले पनि दसैंको नाममा धेरै जमघट नगर्न र एकाघरका सदस्य मात्रै एक ठाउँमा बसेर दसैं मनाउन आग्रह गर्दै आएको छ ।

दसैंमा धेरै आवतजावत नगर्न र यस वर्ष जो जुन ठाउँमा छ त्यही बसेर दसैं मनाउन पनि नागरिकलाई आग्रह गरेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal