eNepal

अनसनरत डा.गोविन्द केसी र सरकारबिच आज वार्ता हुने

काठमाडौं-विगत २५ दिनदेखि अनसनरत डा.गोविन्द केसी र सरकारले आआफ्नो तर्फबाट वार्ता टोली गठन गरेपछि आज वार्ता हुने भएको छ ।

सरकारले अनसनरत चिकित्सक प्रा.डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेसँगै आज वार्ता हुने भएको हो ।

मङ्गलबार सरकारको निर्देशनमा सचिव मैनाली सहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उनले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि समिति गठन गरिएको हो।

समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहेका छन्। त्यस्तै डा गोविन्द केसीको पक्षबाट चार सदस्यीय वार्ता टोली गठन गरिएको छ।

वार्ता टोलीमा डाक्टर जीवन क्षेत्रीको संयोजकत्वमा डा.अन्जनी कुमार झा, डा. लोचन कार्की र ओम प्रकाश अर्याल रहेका छन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal