eNepal

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः लकडाउन गर्न मन्त्रिपरिषद्‍लाई सिफारिस

काठमाडौं -नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः लकडाउन गर्न मन्त्रिपरिषद्‍लाई सिफारिस गरेको छ । देशमा २५ हजार सक्रिय कोरोना संक्रमित भएको खण्डमा सरकारी स्वास्थ्य संस्था तथा जनशक्तिले धान्न नसक्ने भन्दै पुनः लकडाउन गर्न सिफारिस गरिएको हो।

यसअघि असोज ७ गतेको नियमित कोरोना ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २५ हजार सक्रिय संक्रमित पुगे पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी गराएका थिए। बुधबार थपिएकासहित नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार पुगेको छ। बुधबार एकैदिन ३ हजार ४३९ संक्रमित भेटिएपछि २५ हजारभन्दा बढी सक्रिय संक्रमित पुगेका हुन्। एकैदिनमा यति धेरै संक्रमित देखिएको बुधबार पहिलोपटक हो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजारभन्दा बढी हुन थालेपछि सामान्य सेवा पनि प्रभावित हुने भएकाले संक्रमण रोक्न पुनः लकडाउन गर्नुपर्ने सुझाव दिइएको बताए।

उनले स्वास्थ्य मन्त्रालयले अवस्था विश्लेषण गरी सरकारलाई सुझाव दिइसकेको तर लकडाउन वा निषेधाज्ञा हुने/नहुनेबारे मन्त्रालयले निर्णय गर्न नसक्ने बताए। उनले यसबारे मन्त्रिपरिषद्‍ले नै निर्णय गर्न सक्ने बताए।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal