eNepal

आशिर्वाद जोगाऔं, भन्दै सरकारले दशैंमा काठमाडौं छाडेर गाउँ नफर्किन आग्रह

काठमाडौं – सरकारले दशैंमा काठमाडौं छाडेर गाउँ नफर्किन आग्रह गरेको छ । काठमाडौं उपत्यकामा काभिड १९ संक्रमण दर उच्च भएको र गाउँतिर कोरोना नियन्त्रणतर्फ भएकाले गाउँमा कोरोना संक्रमण नफैलियोस् भन्ने उद्येश्यले सरकारले यस वर्षको दशैं आफु बसेकै ठाउँमा (जो जहाँ छ त्यही) मनाउन आग्रह गरेको हो ।

सरकारका प्रवक्ता एवंम परारष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गाउँ जाँदा र फर्किँदा संक्रण पनि तिब्र फैलिने भएकाले यस वर्ष दशैंमा गाउँ नजान आग्रह गरेका हुन् । ‘काठमाडौं उपत्यकामा अझै कोभिड १९को जोखिम उच्च छ । देशभरि थपिने संक्रमित मध्ये आधा भन्दा बढी काठमाडौं उपत्यकाकै छन्’ ज्ञवालीले भने, ‘दशैंमा आफु भन्दा ठुलाबाट आशिर्वाद लिने चलन छ । तर यसपाली गाउँ फर्केर आर्शिवाद लिँदा हाम्रा आमा बुवा, हजुरमा बुवा हजुर आमालाई जोखिममा पार्न सक्छौं । त्यसैले दैनिक गतिविधि गर्दा विशेष सावधानी अपनाउन सरकारको आग्रह छ ।’

मन्त्री ज्ञवालीले सिसिएमसीले ‘आशिर्वाद जोगाऔं’ भन्ने नारा नै बनाएको भन्दै यसवर्ष सतर्कता अपनाएर अभिभावक जोगाउन सकेमा आगामी वर्षहरुमा पनि अभिभावकहरुबाट आशिर्वाद लिने पाइने बताए ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal