eNepal

नेपाल र अस्ट्रेलियाबीच सुरु भएको सिधा हवाई सेवा आगामी दिनमा समेत सुचारु रहने विश्वास

काठमाडौं -सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले बिदाई भेट गरेका छन्।

आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका उनले सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिदाई भेटघाट गरेका हुन्।

भेटमा सभामुख सापकोटाले नेपाल र अस्ट्रेलिया दुबै देश कोभिड–१९ र जलवायु परिवर्तन चुनौती को सामना गरिरहेको बताउँदै चुनौतीका बीचमा नयाँ सम्भावना खोजिनु पर्नेमा जोड दिए। सभामुख सापकोटाले हालै नेपाल र अस्ट्रेलियाबीच सुरु भएको सिधा हवाई सेवा आगामी दिनमा समेत सुचारु रहने विश्वास व्यक्त गरे।

उनले नेपालमा रहेका भुटानी शरणार्थी व्यवस्थापन र भूकम्पका बेला गरेको सहयोगप्रति आभार व्यक्त गर्दै अस्ट्रेलियाले नेपालमा गरिरहेको बहुआयामिक सहयोग जारी राख्ने विश्वास व्यक्त गरे।

बिदाई भेटमा राजदुतले नेपाल र अस्ट्रेलियाबीच सुरु भएको सिधा हवाइ सेवा आगामी दिनमा व्यवसायिक रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे। दुई देशबीच सहकार्यको लामो इतिहास रहेको चर्चा गर्दै राजदूत बडले आगामी दिनमा अस्ट्रेलियाबाट ऊर्जा क्षेत्रमा थप लगानी हुने जानकारी दिए।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal