eNepal

प्रदेश न. ५ मा राजधानीको बारेमा असहमति जनाउदै काग्रेस सांसदहरुले गरे कुर्सी टोडफोड

रुपन्देही – प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकमा विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले कुर्सी र टेबुल तोडफोड गरेका छन् ।
सोमबार दोस्रो पटक बसेको बैठकमा कांग्रेस सांसद बैठक सुरु भएलगत्तै रोस्ट्रम घेर्न पुगेका थिए । उनीहरुले संसदीय मर्यादा पालना गर भन्दै नारा पनि लगाएका थिए । कांग्रेस सांसदहरुलाई रोस्ट्रममा जान नदिनका लागि मर्यादापालकहरुलाई हम्मे–हम्मे परेको थियो ।

कांग्रेसको विरोधका बाबजुद प्रदेश सभा बैठकलाई निरन्तरता दिइएको छ । सभामुख पूर्णबहादुर घर्तीमगरले तोडफोडकै बीच बैठक अघि बढाउनुभएकाे हाे ।

सोमबार प्रदेश सभा बैठकमा नाम र राजधानीको टुङ्गो लगाउने कार्यसूची छ । कांग्रसले भने सर्वसत्तावाद लाद्न नपाइने र प्रस्तावित राजधानी दाङ फेर्नुपर्ने बताएका छन् ।

यसअघि १२ बजे बाेलाइएकाे बैठकमा पनि कांग्रेस सांसदले नाराबाजी गरेपछि बैठक केहीबेरका लागि स्थगित गरिएकाे थियाे ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal